पैरेवेशीमा भेटियो दुईजनाको शव, खोजीकार्य जारी (अपडेट)

826
views

गमला लामा
रसुवा, २३, श्रावण । अविरल वर्षासगै बगेको पहिरोमा परी बेपत्ता भएका दुईजनाका शव भेटिएको प्रहरलिे जनाएको छ । रसुवाका प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाईका अनुसार ४ वर्षीय बालक रबिन थापा मगर र ७८ वर्षका भक्तबहादुर नगरकोटीको शव भेटिएको हो । अन्य २ जनाको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । पहिरोले उनीहरुको शव पुरिएको हुदाँ शव उत्खननका लागि घटनास्थलमा अहिले दुईवटा स्काभेटर परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । गएराति अबिरल बर्षासँगै आएको पहिरोले उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा १४ घर पुरिएको छ भने ४ जना घाईते भएका छन् ।