पोखरालाई खेलकुदको सहरको रुपमा परिचित गराइने –युवा तथा खेलकुल मन्त्री केसी

288
views

पोखरा २४, श्रावण युवा तथा खेलकुल मन्त्रि राजेन्द्र कुमार केसीले पोखरा प्राकृतिक सोन्दर्यका कारण विश्वमा परिचित रहे पनि अब पोखरालाई खेलकुद सहरको रुपमा परिचित गराउन सोही अनुरुपको पूर्वाधार विकास गर्ने वताएका छन ।
पोखरा रंगशालाको निरिक्षण भ्रमणका क्रममा मन्त्रि केसीले पोखराले खेलकुदमा जनस्तर गरेको विकास प्रशंसनिय रहेको बताउँदै पोखरा खेलकुदको राजधानीको सहरको विकास गर्न उपयुक्त स्थल रहेको समेत बताए । उनले अब पोखरा खेलकुद सहरको परिचित गराउन सबैको सहयोग आवश्यक रहेको कुरा औल्याउँदै उनले १३ औं सागलाई मध्येनजर गर्दै पोखरामा पूर्वाधारमा विकासमा ध्यान दिने वताए । खेलाडीहरुको जिवन वृतीका लागि पनि मन्त्रालयले अव उत्तिकै ध्यान दिने उनले बताए ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषका सदस्य सचिव केशव कुमार विष्टले पोखरालाई ‘स्र्पोट्स सिटी’का रुपमा विकास गर्न परिषदले कार्य थालेको बताउँदै त्यसका लागि अध्ययनको कार्य समेत सुरु भएको जानकारी दिए । ‘जसरी घुम्नका लागि पोखरा विश्वमा प्रख्यात छ अब खेलकुद गन्तव्यका कारणले पनि पोखरा प्रख्यात हुनेछ’ उनले भने ।
सदस्य सचिव विष्टले १३ औं सागमा पोखरामा ५ खेल हुने भनिए पनि थप एक खेलका प्रयास भइरहेको बताए । उनले पोखरा कुनै पनि अन्तराष्ट्रिय खेल आयोजना गर्न सक्षम रहेको बताए । उनले रंगशाला खेलकुदका लागि पवित्र भूमी रहेकोले यसको संरक्षणका लागि सवैले उत्तिकै ध्यान दिनु पर्ने बताए ।
नवनियुक्त मन्त्रि केसी र सदस्य सचिव विष्टले पोखरा रंगशालाका विभिन्न खेल संरचना र निर्माणाधिन पूर्वाधारहरुको निरिक्षण गरेका थिए । सो अवसरमा मन्त्रि केसीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल कुमार गुरुङ्ग, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्ग, नेपाल ओलोम्पिक कमितीका सदस्य तेज गुरुङ्ग समितीका सदस्य, खेलाडी, कर्मचारी र खेल प्रेमीहरुले स्वागत गरेका थिए ।