कांग्रेस विरुद्ध एमाले र माओवादीकाे गाइजात्रे गठबन्धन

837
views

नुवाकोट, २५, श्रावण । साउन ठुलो शक्ति लाई परास्त गर्न सानोतिनो शक्ति एकजुट हुनु स्वभाबिक नै हो  यस्तै भयको छ नुवाकोट मा पनि  साउन २९ गते हुने जिल्ला समन्वय समिति को निर्वाचन मा नेपाली कांग्रेस को उमेरदार विरुद्ध नेकपा एमाले र माओवादी केन्द्र बिच चुनावी तालमेल भयको छ जस अनुसार एमाले ले प्रमुख मा बोल्कोटगढि न पा का रामहरि घिमिरे र उपप्रमुख मा माओवादी केन्द्र बाट बिनपा का बिस्णु बहादुर बोगटी को उम्मेद्बारी दियको छ । सदस्य हरु मा एमाले ले नारायण प्रसाद रिमाल ,बिक्रम गुरुङ ,सरस्वती उप्रेती र कृष्ण बहादुर घले छ्न भने माओवादी केन्द्र बाट नवीन पुडासैनी ,मिनकुमारि तामाङ ,र शर्मिला तामाङ रहेका छ्न । गठबन्धन ले महिला अपहेलना गरेको छ प्रमुख र उपप्रमुख मा एक महिला हुनु पर्ने ब्यबस्ता लाई खिल्ली उठाउदै एमाले ले उपप्रमुख मा उम्मेद्बारी नदिने र माओवादी ले प्रमुखमा उम्मेद्बारी नदियर महिला लाई बन्चित गरेको छ । जिल्ला समन्वय समिति नुवाकोट नेपाली कांग्रेस को प्रष्ट बहुमत हुँदा हुँदै पनि गरियको उत्त गठबन्धन लाइ आम नागरिकहरु ले गाई जात्रा को उपमा दियका छ । कुल २४ मत मा नेपाली कांग्रेस १४ मत छ जुन मत विजयको लागि सुनिश्चित छ एमाले को ६ मत र माओवादी को ४ मत गरि गठबन्धन को जम्मा १० मत हुन आउँछ । उता नेपाली कांग्रेस भित्री एकता कायम गरि सर्वसम्मत उमेर्दार चयन भएको छ जस अनुसार प्रमुख मा तादी गाउँ पालिका का सन्तमान तामाङ र उपप्रमुखु मा शिवपुरी गाउपालिका का अप्सरा थापा को उमेरदारी परेको छ । सदस्यहरु मा अभिनब फुयाल , गणेश शाही , रामसिङ तामाङ , मैयाँ शेर्पिनी सम्झना सेढाई , सुबिना प्रधान र धनमाया तामाङ रहेको को उम्मेद्बारी परेको छ । कांग्रेस ले भने महिला लाई सम्मान जनक स्थान दियको छ पद मा उपप्रमुख सहित ५ स्थान मा महिला समेटेको छ जुन ६० प्रतिशत हो । कांग्रेसको प्रष्ट बहुमत र पार्टी भित्री को आन्तरिक एकताले गर्दा कांग्रेस को जित सुनिश्चित देखिन्छ ।