मोदीगाउँपालिकामा नेपाल राष्ट्रिय व्यापार उद्योग संघ

263
views

विकासराज पौडेल
पर्वत, २५, श्रावण । नेपाल राष्ट्रिय व्यापार उद्योग संघ पर्वतको मोदीगाउँपालिका कमिटि गठन भएको छ । मगंलबार मोदीगाउँपालिका स्तरिय उद्योगी व्यापारीको भेलाले कृष्ण बहादुर सुवेदीको अध्यक्षतामा १३ सदस्य कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा टंक चापागाई, सचिवमा गोविन्द बहादुर केसी, कोषध्यक्षमा मिनाकुमारी उपाध्याय र सदस्यमा बम बहादुर पौडेल, टिकारामा तिमिल्सिना, सेती पौडेल , लोक बहादुर क्षेत्री, गोविन्द सुवेदी,स्याम केसी, गुम कुमारी शाही लगायत चयन हुनुभएको छ । यसै गरी सोही भेलामा ६ सदस्यीय सल्लाहाकार समिति समेत गठन भएको छ । जसमा गंगा तिमिल्सिना,मन बहादुर पौडेल, भिम प्रसाद चपागाई, गौरस पुन, टिका बहादुर सुवदी, गणेश बहादु्र लामिछाने रहनुभएको छ । नेपाल राष्ट्रिय व्यापार उद्योग संघ प्रदेश न ४ का संयोजक गोपी लामिछानेले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा मन बहादुर पौडेल भिम प्रसाद चपागाई लगायत बोल्नु भएको थियो । संघका जिल्ला अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सपन्न भएको कार्यक्रमको स्वागत मनतव्य गंगा तिमिल्सिना र सञ्चालन जिल्ला सचिव खडग प्रसाद खनालले गर्नुभएको थियो ।