सामुदायिक वनले सिमा विवाद मेटाउन नसक्दा व्यवथापनमा सकस

468
views

महेन्द्र जिसी
पर्वत, २५, श्रावण । सामुदायिक वन उपभोक्ता महासंघले साढे तीनसय भन्दा बढी वनलाई सामुदायिक वनमा परिणत गर्न सफल बनेको छ । तर वन क्षेत्रको सिमा विवाद मेटाउन सकेको छैन् । सिमा विवाद मेटाउन नसक्नु जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको ठूलो कम्जोरी रहेको समुदायले बताईरहेको छ ।
बुधबार दोस्रो राष्ट्रिय वन दिवसमा प्रस्तुत कार्यपत्रले समेत सिमा विवाद मेटाउन नसकिएको विषयलाई स्विकार गरेको छ । कार्यपत्रमा सिमा विवाद, वन समुह विवाद, राजनीतिक असमझदारी जस्ता विषयलाई जिल्ला वन कार्यालय पर्वतका रेन्जर शिव परियारले प्रस्तुत गरे । विविध समस्यासँगै नेतृत्व विकासमा समस्या र नियमित अभिलेखीकरणमा समस्या लगायतका कारणले स्थानीय लाभग्राहीले अपेक्षीत लाभ लिन नसकेको परियारले बताए ।
जिल्लाका सामुदायिक वनहरुले काठ दाउरा घाँस, दाताको सहयोगबाट मात्र आम्दानी गरेको कारण वनको वैज्ञानिक व्यवस्थापन गर्न नसकीएकोमा समेत कार्यक्रमका वक्ताहरुले जोड दिए । उनिहरुले वन ऐन तथा नियमावलीका कारण वनबाट अपेक्षीत लाभ लिन नसकेको बताए । पुरानो रुखको उपयोग र जिल्लाका विभिन्न स्थानमा रहेको जडीबुटीको उपयोग गर्न नसकेकोमा उनीहरुको मुख्य जोड रहेको थियो । समुदायलाई आर्थिक रुपमा समृद्ध बनाउन गठित समुदायीक वन मार्फत उपभोक्ताहरुले समयानुकुल लाभ लिन नसकेको कार्यक्रमका सहभागिले बताए ।
पुरस्कृत
राष्ट्रिय वन दिवसका अवसरमा बर्षेनि सामुदायिक वन पैयुं गाउँपालिका र खबर सल्यान सामुदायीक वन विहादी गाउँपालिका, सामा खोरीया सामुदयिक वन मोदी गाउँपालिका, डाँडपानी सामुदायीक वन फलेवास खानीगाउँ र ऋषि सामुदायीक वन महाशिला वन समुह पुरस्कृत भएका छन् ।पुरस्कृत वन समुहलाई संसद कप्लना चापागाईले प्रमाण पत्र पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले शुभकामना व्यक्त गनुृभयो ।