पहिरोले भवन भत्काएपछि जनसहयोगी माविमा पठनपाठन प्रभावित

613
views

महेन्द्र जिसी
पर्वत, २७, श्रावण । फलेवास नगरपालिका–३ श्री जनसहयोगी माद्यमिक विद्यालय चाउकाको एक भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या भएको छ । गतबर्ष निर्माण गरीएको तीनकोठे भवनको पछाडीको भाग पहीरोले भत्काएपछि विध्यार्थी राखेर पठनपाठन गराउन समस्या भएको हो । भवनमा लाईब्रेरी र कम्प्युटर कक्षा सञ्चालनमा ल्याउन नसकीएको प्रधानाध्यापक गणेश बहादुर थापाले बताउनुभयो । भवनमा क्षति पुगेपछि विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षासंगै सञ्चालनमा ल्याएर पठनपाठन गराइएको थापाले बताउनुभयो । सहयोगीदाताले दिएका कम्प्युटरहरुको समेत उपयोग गर्न नसकीएको विद्यालयले जनाएको छ । चारसय विध्यार्थी रहेको विध्यालयमा कम्प्युटर, ल्याव तथा विज्ञान प्रयोगशाला रहेको छ । पहिरोले भवन भत्किएपछि प्रयोग समाग्रीहरु थन्काएर राख्नुपरेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन अध्यक्ष अर्जुन बहादुर कार्कीले मर्मतका लागि जिल्ला शिक्षा कार्यालयमा अनुरोध गरीएको भएपनि आवश्यक सुनुवाई नभएको बताउनुभयो । जिल्ला शिक्षा अधिकार िरमेशराज पौडेलले विद्यालयले दरबन्दि माग गरेको तर भवन मर्मतको माग नआएको बताउनुभयो । पौडेलले भन्नुभयो ‘पर्वतका ३५१ वटा विद्यालयहरु मध्ये श्री जनसहयोगी माविलाई प्राथमिकतामा राखेर गतसाल चारकोठे भवन दिइएको छ, जिल्ला शिक्षा कार्यालयमा निश्चित बजेट हुनेहुँदा सबै विद्यालयका समस्याहरु समाधान गर्न कठिन भएको छ ।’