बबई नदी बस्ती पस्यो, के होला गुलरियासहित ४ नगरपालिकाको अवस्था ?

334
views

नवदृष्टि संवाददाता
बर्दिया, २८, श्रावण । शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्तीतर्फ पसेको छ । बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । नदी बस्ती पसेको खबरपछि गुलरियाबासी त्रासीदीमा बनेका छन् ।
बबई नदीले क्षति पु¥याउने संकेत पाएपछि स्थानीयले घर–घरका सामाग्री सुरक्षित स्थान तर्फ राख्न जुटेका छन् । बस्तीतिर नदी पसेको ठाउँ सदरमुकाम गुलरिया देखि ४ किलोमिटर दूरिमा पर्दछ । बबई नदी बालापुरबाट पसेको खबरले उच्च सर्तकता अपनाइको त्यहाँस्थित रेडक्रसका अध्यक्ष कृष्ण गौतमले जानकारी दिए । गौतमले भने नदीको सतह कम नभए बबई नदीको उच्च जोखिममा गुलरिया, बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिका पर्दछन् । बबई नदीको सतह बढ्नेक्रमसँगै बारबर्दिया, ठाकुरबा र बाँसगढीका १ सय ४६ घर परिवार विस्थापित भएको र १२ वटा घर पूर्णरुपमा क्षति भएको रेडक्रसले जनाएको छ । अहिले सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तटीय क्षेत्रमा खटाइएको छ ।