बाढी–पहिरोबाट देशभर ५१ जनाको मृत्यु, हजारौं प्रभावित

380
views

काठमाडौं, २९ श्रावण । शुक्रवार देखि आएको अविरल बर्षाको कारण बाढी पहिरोमा परि अहिलेसम्म देशभरी ५१ जनाको ज्यान गएसकेको छ । गृहमन्त्रालयले आइतबार बिहान १० बजे दिएको जानकारी अनुसार मृतकको संख्या ५१ पुगेको छ, घाइते १६ र वेपत्ता ८ जना रहेका छन् भने बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ ।
त्यस्तै बाढी पहिरोमा परी हजारौं विस्थापित भएका छन् । लगातारको बर्षाका कारण बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न कठिनाई भएको सरकारले जनाएको छ । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका छन् । मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत पु¥याउन नसकेको प्रहरीले जनाएको छ ।
देशका विभिन्न स्थानमा बाढी पहिरोको कारण हवाई तथा सडक यातायात, संचार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा समेत खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको छ । पानी परिरहेकाले उद्दारमा खटिएको टोली पनि प्रभावित भएको छ । । गृहमन्त्रालय सूचना शाखाका अनुसार क्षतीको विवरण आउने क्रम जारी छ ।