गण्डक बाँध फुट्ने खतरामा ढोकाहरु बन्द, पर्सा जिल्लामा बाढी पस्यो

262
views

परासी, २९, श्रावण । नारायणी नदीमा पानीको सतह क्रमशः बढ्दै गएपछि गण्डक बाँध फुट्ने त्रास बढेको छ । बाँध फुट्ने त्रासले नवलपरासीमा रहेको गण्डक व्यारेजका दुईवटा ढोकाहरु बन्द गरिएको छ । नारायणी नदीमा पानीको सतह क्रमशः बढ्दै गएपछि गण्डकका केही बाँधहरु फुट्ने सम्भावना बढेकोले  दुईवटा ढोकाहरु पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
प्रजिअ रानामगरले भने ‘गण्डक बाँधका कारण बिहानदेखि पर्सा जिल्लामा बाढी पसेपछि त्यहाँको प्रशासनको अनुरोधमा मुख्य पश्चिमी नहर बन्द गरिएको हो ।’
नवलपरासीको गुठीसूर्यपुरास्थित गण्डक पावर हाउस सञ्चालनका लागि लगिएको उक्त नहर भारत हुँदै पुनः पर्सा जिल्लाको सिँचाईका लागि पुर्याइएको छ । भारतीय मुख्य पश्चिमी नहरसँगै नवलपरासीको सिँचाइका लागि लगिएको पूर्वी नहरको बाँध समेत फुट्ने खतरा बढेकाले त्यहाँको ढोका बन्द गरिएको छ । गण्डक नहरको सतह ६ मिटर बढेको जनाइउको छ । सातमिटर बहाव पुग्दा सर्तक रहनुपर्ने हुन्छ भने ८ मिटर पुगेपछि खतराको संकेतका रुपमा लिईने गरिएको जिल्ला प्रशासनले जनाएको छ ।