एमालेसँग साईनो गाँस्दा नुवाकोट जिससमा चिप्लियो माओवादी केन्द्र, काँग्रेसको प्यानलै विजयी

496
views

नुवाकोट, २९, श्रावण । जिल्ला समन्वय समिति नुवाकोटमा अध्यक्षसहित सिङ्गो प्यानलै विजयी भएको छ । आज नुवाकोट सदरमुकाम बिदुरमा भएको मतदानमा काँग्रेसको पुरै प्यानल बिजयी भएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका सन्तमान तामाङ, उपप्रमुखमा अप्सरा थापा, सदस्यहरुमा गणेस शाही, रामसिह तामाङ, अभिनव फुयाल, माया शेर्पीनी, सम्झना सेढाई धनमाया तामाङ, सुविना प्रधान बिजयी भएका हुन् । विजयी टिमले जनपक्षमा काम गर्ने बताएका छन् । माओवादी– एमालेको संयुक्त प्यानलको तर्फबाट प्रमुखमा एमालेका रामहरी घिमिरे र उपप्रमुखमा माओवादी केन्द्रका तर्फबाट बिष्णुबहादुर बोगटीले उम्मेदवारी दिएका थिए । त्यस्तै खुल्ला सदस्यहरुमा नविन पुडासैनी, नारायणप्रसाद रिमाल, विक्रम गुरुङ्ग, । महिला सदस्यमा मिनुकुमारी तामाङ नेपाली, शर्मिला तामाङ, सरस्वती उप्रेतीको उम्मेदवारी परेको थियो भने अल्पसंख्यकमा कृष्णबहादुर घले सहितको ंसंयुक्त प्यानलका उम्मेदवारहरु पराजीत भएका छन् ।
जिल्ला समन्वय समितिको गठनका लागि स्पष्ट बहुमत रहेको नेपाली काँग्रेसको एक्लै चुनावी मैदानमा भिडेको थियो । नुवाकोटमा जिससको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाताले मतदान गरेका थिए । २४ जना मतदातामध्ये १४ जना नेपाली कांग्रेस, ६ जना एमाले र ४ जना नेकपा माओवादी केन्द्र का मतदाता रहेका थिए ।