बाढी-पहिरो, डुबानले ६६ जनाको ज्यान गयो

690
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ३०, श्रावण । वर्षाका कारण आएको बाढीपहिरो र डुबानले ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार÷चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन÷तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन् ।