को को छन् हङकङ विरुद्व खेल्ने प्रारम्भिक नेपाली टोलीमा ?

169
views

काठमाडौं,३० साउन आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो अक्टोबर १३ र १५ तारिखमा हुने हङकङसँगको खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने भएको छ। उक्त बन्द प्रशिक्षणबाट नेपाली अन्तिम टोलीको टुंगो लगाइने प्रशिक्षक जगत टमटाले बताए।
यस्तो छ नेपाली टोली
१) पारस खड्का (कप्तान) २) ज्ञानेन्द्र मल्ल ३) शरद भेषावाकर ४) सशील कँडेल ५) शक्ति गौचन ६) नरेश बुढाऐर ७) अविनाश कर्ण ८) ललिट सिंह भण्डारी ९) सन्दिप लामिछाने १०) बिक्रम सोब ११) महबुब आलम १२) सौरभ खनाल १३) जितेन्द्र मुखिया १४) कुशल भुर्तेल १५) दिलिप नाथ १६) आरिफ शेख १७) हासिम अन्सारी १८) सुशन भारी १९) सागर पुन २०) दिपेन्द्र सिंह ऐरी २१) सुनिल धमला २२) बसन्त रेग्मी २३) करण केसी २४) विनोद भण्डारी २५) सोमपाल कामी