भिरबाट लडेर एकको मृत्यु, त्रिशुलीले बगाउँदा एक बेपत्ता

593
views

भगवती लामा
नुवाकोट, ३२, श्रावण । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंं ७ सुनखानी गुरुङगाँउका लालीमाँया तामाङ रहेकी छिन् । त्रिशुली नदीले बगाउँदा सुर्खेत वीरेन्द्रनगर–८ का रमेश मगर बेपत्ता छन् ।
मङ्गलबार साझ जलेश्वर प्रावि नजिकैको भीरबाट लडेर तामाङको मृत्यु भएको प्रहरी चौकी छहरेका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले बताए । यस्तै मङ्गलबार साँझ१८ वर्षीय मगरलाई बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ जिलिङ काशिटार स्थित त्रिशूली नदीले बगाएको हो । बालुवा झिक्ने क्रममा मगरलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।