जापानमा नेपालको पहिलो जित

999
views

काठमाण्डौ १,भदौ एएफसी एसियन कपको तयारीका लागि हाल जापानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्यास खेलमा जापानको क्वान्सी गाक्विन युनिभर्सिटीलाई २् १ गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा नेपालको जितमा विमल घर्तीमगरले १२औं मिनेटमा पहिलो गोल गरेका थिए । क्वान्सी गाक्विनले २५औं मिनेटमा जवाफी गोल गर्दै खेललाई १(१ को बराबरीमा र्पुयाएका थिए ।
नेपालले दोस्रो हाफमो इन्जुरी समयमा अर्को गोल थप्दै नतिजालाई आफ्नो पक्षमा पारेको थियो । नेपालका लागि सुमन लामाले निर्णायक गोल गरेका थिए । अभ्यास खेलअन्तर्गत नेपालले बिहीबार जापानको एमिटी स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एएफसी एसिएन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पाँचवटा मैत्रीपूर्ण खेल खेल्न जापान गएको हो ।
नेपालले आइतबार जे लिग क्लब गाम्बा ओसाकाको यू(२३ टोलीसँग १(१ गोलको बराबरी खेलेको थियो । एसिएन कप छनोटमा नेपालले भदौ २० गते ताजकिस्तानसँग खेल्दैछ । एसिएन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । समूहमा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान छन् । समूहमा नेपाल दुई खेलबाट एक अंकसहित तालिकाको तेस्रो स्थानमा छ । उक्त समूहमा अंकविहीन ताजकिस्तान तालिकाको अन्तिममा छ ।
एसियन कपको अघिल्ला दुई खेलमा नेपालले एक बराबरी र एक हार खेपेको थियो । समूहमा लगातार दुई जित हात पारेको फिलिपिन्स ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको यमनको चार अंक छ । नेपालले फिलिपिन्ससँग उसैको मैदानमा ४(१ गेलको हार खेपेको थियो । नेपाल आफ्नै घरेलु मैदानमा भने यमनसँग १(१ गोलको बराबरीमा रोकिएको थियो ।