नेकपाका धौलागिरी व्यूरो ईन्चार्जले पार्टी छाडे

367
views

नवदृष्टि संवाददाता
पर्वत, १, भदौ । नेकपाका केन्द्रिय सदस्य पारषमणी केसीले नेकपा छाडे लगत्तै नेकपा छाड्नेहरुको होडबाजी चलेको छ । फेरी अर्का धौलागिरी व्यूरो ईन्चार्ज भोलानाथ बस्यालले औपचारीक रुपमा नेकपा परित्याग गरेका छन् । पुरानो पाल्पा दोभान घर भई हाल रुपन्देही जिल्ला सैनामैना नगरपालिका–६ का बस्यालले पार्टी परित्याग गरेको जनाएका हुन् ।
पार्टी परित्याग गर्ने अधिकाँसले राजनीतिक रुपमा असन्तुष्टि पोखेका छन् ।

भोलानाथ बस्यालका अनुसार यतिबेला नेकपामा पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ । उनले भने ‘कुनैपनि पार्टी नाङ्गीदै जानु भनेको विचार सहि नै नभएर हो ।’ उनले भने ‘केन्द्रिय सदस्य’ जाजरकोटका गगन खड्का ‘जीवन’ले समेत नेकपा छाड्ने तयारीमा छाड्नेहरुको समुह बनाउन आफुलाई बोलाएको भएपनि आफु समुहगत रुपमा अन्य पार्टीमा नजाने बताए ।’ बस्यालले डेढबर्षदेखी नेकपामा आफ्नो असन्तुष्टि रहेको पनि खुलाए । नेकपा छाड्नेहरुको लहर थेग्न नेकपालाई कठिन हुने बस्यालको भनाई छ ।