बाढीपीडितका लागि नेविसंघ नुवाकोटले एकलाख उठायो

571
views

नवदृष्टि संवाददाता
नुवाकोट, १, भदौ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटले बाढीपीडितकालागि राहत संकलन गरेको छ । संघले एकलाख रुपैयाँ संकलन गरेको जनाएको छ । संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने नेविसंघ नुवाकोटका अध्यक्ष उत्तम पाठकले जानकारी दिए । नेविसंघले राहत कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरु, विद्यार्थीहरु एवं राहत संकलन कार्यमा उल्लेख्य भुमिका निर्वाह गर्ने ध्रुव अधिकारी र महिला नेतृ गीता अमात्यलाई एक ककार्यक्रमका बीच आभार व्यक्त गरेको छ । संकलित रकम तत्काल बाढीपीडित समक्ष पुगोस् भन्दै सरकारसँग आग्रह समेत गरेको छ ।