बारपाकमा सिजनल फ्लु, बिरामी बालबालिका मध्ये अधिकाँसमा निमोनिया

722
views

गोर्खा, १ भदौ । गोरखा बारपाकमा ११ दिनदेखि सिजनल फ्लु फैलिएको छ । सिजनल फ्लु फैलिएपछि स्वास्थ्यकर्मीले नियन्त्रणमा लिने प्रयास जारी राखेकै बेला एक बालिकाको मृत्यु भएको छ । ति बालिका साबिक बारपाक–७ की ३ बर्षिय सुप्रिया गुरुङ हुन् । ति बालिका १५ दिनदेखि ज्वरो आएर विरामी परेकी थिईन् । उनलाई निमोनियाले पनि समातेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बारपाक गाउँमा करिब ३ सय जना मौषमी फ्लुबाट बिरामी परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीहरुमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।