गजल

1086
views

✍ विनोद विवश

ओठमा मुस्कान अनि मुटु भरी पिर राखेर ।
ऊ बिदेशियो यार अचानोमा तक्दिर राखेर ।।

सुहागरातकै भोलिपल्ट लोग्ने परदेशी भयो ।
कसरी बसोस् श्रीमती जवानी स्थिर राखेर ।।

आखिर ढुंगा हो, पग्लिँदै पग्लिदैन कहिल्यै ।
नरोए हुन्छ कोही पनि पत्थरमा शिर राखेर ।।

अभाब पैसाको छ, चाहे बेश्याको संज्ञा दिनु ।
अब कमाउँछु भन्छे ऊ भाडामा शरिर राखेर ।।

मान्छे ठग्ने प्रपञ्चहरू रचिन्छन् अनेकौं यहाँ ।
कतै निशुल्क शिविर राखेर कतै मन्दिर राखेर ।।
जैमिनी ०१, बागलुङ