बाढीले बगाएर भारत पुर्याएको गैँडा चितवन ल्याइयो

694
views

चितवन, २, भदौ । केही दिनअघिको बाढीले बगाएर भारत पुगेका एकसिंगे दुर्लभ गैँडा चितवन ल्याइएको छ । बाढीले बगाएको पोथी गैँडा चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको थियो । उक्त गैंडालाई भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको अर्यालले जानकारी दिए ।
एउटा गैँडा बाल्मिकी आश्रम नजिकै नेपाल भारतको सीमा क्षेत्रमा आउजाउ गरिरहेको फेला परेको र एउटा गैँडा भारततर्फ नारायणी नदी किनारको बाल्मिकी नगरस्थित जंगलको सानो टापुमा देखिएको अर्यालले जानकारी दिए । अर्को गैँडा भारतको मध्यवर्ती जंगलमा देखिएको जनाइएको छ ।