बाढीपीडितलाई दिनको ७० रुपैयाँ खाद्यान्न खर्च

1159
views

काठमाण्डौ, २, भदौ । सरकारले बाढी प्रभावित क्षेत्रका प्रभावितहरुलाई निरन्तर एक महिनासम्म प्रतिदिन ७० रुपैयाँको खाद्यान्न खर्च दिने भएको छ । गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताउँदै बस्ती नजिकै पसल छैन भने खाद्य संस्थानले पसल खोल्ने समेत बताएका छन् ।

प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भएमा खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था मिलाउने उनले बताए । गृह मन्त्रालयका अनुसार बाढीका कारण १३५ जनाको मृत्यु भएको छ भने ३५ बेपत्ता भएका छन् । रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएका छन भने अन्य बेपत्ताहरुको खोजी भइरहेको गृहमन्त्री शर्माले बताए ।

गृहमन्त्री शर्माले ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत व्यक्ति वा संस्था जस्ले पनि सहयोग सक्ने भन्दै सहयोग गर्न आग्रह गरे । उनले राहतका नाम्मा व्यक्तिगत रुपमा खाता खोले स्विकार नहुने पनि जानकारी दिए । बाढी प्रभावित जिल्लाहरुमा आवश्यकता अनुसार त्रिपाल, पाल खाद्यान्न वितरण गरिएको उनले बताए । ‘योजनाबद्ध आवास क्षेत्र निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’ उनले भने, ‘हामीले बनाएका तटबन्धहरु सामान्य बाढीले पनी बगाएको अवस्था छ । ब्यवस्थित तटबन्ध निर्माणको योजनाको अभाव देखिएको छ ।’