प्रतिविद्यार्थी दश रुपैयाँका दरले राहत संकलन

625
views

महेन्द्र जिसी,
भदौ, ३, पर्वत । खाजा खर्च कटाएर फनपा–३ श्री जनसहयोगि मााविका विद्यार्थीले बाढीपीडितका लागि राहत संकलन गरेका छन् ।
तराईका विभिन्न जिल्लामा आएको वाढी पहीरो पीडितका लागि ३७ सय रुपैयाँ राहत संकलन गरेका हुने् । नेपाल रेडक्रस सोसाईटीमा आबद्ध जुनियर रेडक्रस सर्कलका विध्थार्थीहरुले खाजा खर्च कटाएर वाढी पीडितलाई सहयोग गरेका हुन । सर्कलका अध्यक्ष शिव अधिकारीले अन्य विद्यालयमा पनि राहत संकलन अभियान थालनी गराएको बताउनु भयो । अधिकारीले प्रति विद्यार्थीहरुमा दश रुपैयाँ राहतको अभियान चलाएर ३७ सय जम्मा गरेर रेडक्रस सोसाईटी जिल्ला शाखा मार्फत पीडितलाई पठाउन लागिएको बताउनु भयो ।
सर्कलमा आबद्ध विद्यार्थीहरुले खाजा कटाएर वाडी पीडितलाई राहत रकम हस्तान्त्रण गर्न सदमुकाम आएका थिए । अधिकारीले अन्य विद्यालयमा पनि यस्तो अभियान थाल्न आवश्यक रहेको बताउनु भयो ।