कथा–‘‘तीजको कोसेली’’

1091
views

– राजकुमार श्रेष्ठ
साउनको पहिलो दिन देखि नै हातमा मेहन्दी लगाउने है भन्दै कोमलले साथीहरूसँग सल्लाह गरिन् । उनका दुई छोरीहरु कामना र करुणा पनि ममि सँगसगै मेहन्दी लगाउन उत्साहित हुन्थे । छोरी मान्छेले यसरी मेहन्दी लगाए पछि हात राम्रो हुन्छ अरे, मायालु स्वभावको बन्छन रे, सबैले मन पराउँछन रे । अझ बुढा हुनेहरु त झन् आफनो पतिदेबलाई खुशी पार्न अनि माया बढाउन मेहन्दी लगाउँछ्न रे । मेहन्दी चहकिलो देखाउनको लागि उनले घरको अरु काम कुराहरुलाई एकातिर पन्छाएर पनि तीन दिन सम्म लगातार हातमा मेहन्दी लगाई रहिन् । त्यसपछि उनले मनमनै सोचिन, “बुढाले बिदेशबाट पैसा नपठाको पनि त २ महिना भैसक्यो । यसपाली चै पैसा पठाएपछि तीजमा लगाउने एउटा राम्रो साडी किन्छु, गाउँमा सबैको भन्दा राम्रो किन्छु सबैभन्दा राम्री हुन्छु । नभन्दै केही बेरपछि मोबाइमा टिनिनि टिनिनी रिङ आयो । उनले फोन उठाइन् र बोलिन्, “यसपाली त दुइदिन पछि मात्रै कल गर्नु भयो त हजुर, किन हजुर ? अतालिएको मनले उनीले प्वाक्कै बोलिन् । केहिबेरसम्म पारिवारिक गफ गर्दै रहिन् । कुराकानीको अन्त्यमा भनिन्, “यसपाली त हजुरले पैसा पठाएपछि एउटा साडी किन्छु नि ल ? “बुढालाई फकाउदै नम्र बोलिले सोधिन् । प्रयुक्तरमा उनको बुढाले भन्यो, “मोबाइल बिग्रेर नि काली, हुन्छ नि त किन्नु तर दशैको साटो पनि त्यै हो नि ।“ पतिदेवसगको यो कुरा सुनेपछि कोमल अत्यन्तै खुशी भइन् ।
पोहोर साल मात्र डि.भि. परेर कोमलको बुढा सागर अमेरिका गएको थियो । बुढा अमेरिका गएको केही समयपछि कोमलले आफ्नो परिवारलाई मूल घर देखि पनि अलग बनाएकी थिइन् । सागरको पनि पैसा कमाइ राम्रै थियो र पैसा पनि पठाइरहेको थियो । दुईछोरी र श्रीमतीलाई सुख सयलसँग मज्जाले पालिरहेको थियो । कोमल भने यता सुखले मात्तिनु थालेकी थिइन् । उनी हप्तामा दुई पल्ट सम्म बजार जान्थिन, घरमा जति खेर पनि फेस बूक र च्याटिङमा ब्यस्त हुने र ब्यर्थमा फजुल खर्च गर्थिन । उनको यस्तो क्रियाकलाप देखेर गाउँ घरको कोहि मान्छेहरु कोमल दिदी कति सारो पैसाले मातिएको भन्थे । मान्छे धेरै चुरुक फुरुक हुँदै उम्लनु थाल्यो भने त पोखिन धेरै समय लाग्दैन पनि भन्थे । गाउँ घरमा तीज पर्व नजिकिन्दै आयो भनेर हर्ष बढाइ थियो । प्रत्येक मान्छेहरूको बोलीमा तीज शब्द झुन्डिन थालेको थियो । मेलापात, रेडियो, एफ. एम. टेलिभिजन, सामाजिक सन्जाल, फेस बूक, टुइटर सबैतिर । जताततै तीजको रमझम बढिरहेको थियो । को भन्दा को राम्री हुने, माइतीघर को छिटै जान पाउने, माइतीहरु लिन आउने कि नआउने भन्दै खट्पटिएको मनले कोमलले पनि दस हजार रुपैयामा एउटा राम्रो रातो साडी र चोलो किनिन ।
केही दिन पछि कोमलका माइती उनलाइ लिन आए । कोमल पनि खुशीले गद गद भएकी थिइन । दर खान माइती जाने दिन उनले सितैरा सिताराले भरिएको रातो साडीमा, फुल बुट्टे चोली लगाइन अनि शिर र गलामा सिन्दुर पोते, हात भरी हरिया, पहेला टल्कने चुरा, मङल सुत्र र सौभाग्यले सजिएर सु ( सज्जित भइन । यसरी विभिन्न गहनाहरुले शरिरका विभिन्न अंगहरुमा सजाउदा कोमल औधी राम्री भएकी थिइन । सुन्दरताले धपक्कै बलेको देखेर अरु मान्छेहरू उनीलाई डाहा गर्थे । आहा ! कोमल जस्तै गर गहना लागाउनु पाए ! उनी जस्तै राम्री हुन पाए ? उनीले छोरी नानीहरूलाइ यसपालिको तिजमा मावल नलाने बिचार गरिन ।घरको राम्रोसँग रेखदेख गर्नु, बस्तु भाउको स्याहार गनु फलाना फलाना चिजहरु बनाउनु पल्लो गाउमा खसी काट्ने रे मैले भनिरको छ १ किलो मासु, ल्याएर बनाउनु अनि खानु है ? तिमेरुलाइ पनि म मावल बाट तिजको कोसेली ल्याइहाल्छु नि भनेर सम्झाउदै माइतीघर लैजाने केही कोसेली हरु ठिक्क पारिन । अनि आफू चै तीज खान हास्दै हास्दै दाइसग माइतीघर तर्फ लागिन । माइतीघर पुग्नै लाग्दा घर परै बाटो देखि नै विभिन्न परिकारका खानेकुरा हरुको मग मग बासना आइरहेको थियो । माइतीघर पुगेर कोमलले बुवाआमालाइ प्रणाम गरिन । आफुले लगेको कोशेलीहरु आमालाइ दिइन । साझ पख परिवारसग दुख सुखका कुराकानी गर्दै, ठट्यौली गर्दै पाकेका मीठो मसिनो परिकारहरु खादै रमाइलो गरे । कुराकानी गर्ने क्रममा बुढाले ग्रीन कार्ड पाए पछि आफु पनि अमेरिका जाने कुरा गरिन । अनि आफू गए पछि अरु लाई पनि तनुवा भिषामा उतै तान्ने कुरा गरिन । उनको कुरा सुनेर सबै जना मख्ख थिए ।
भोलिपल्ट तीज विशेष कार्यक्रम हेर्न घर परिवारका सबै जना गाउँको चोकमा गए । कार्यक्रम गर्ने मञ्च बेहुली जस्तै सिगारिएर सु ( सज्जित बनाइएको थियो । कार्यक्रममा मादल र गितार बजाउने मान्छे नभएर कोहि चै अरु बाध्यबाजन बजाउन जान्ने छोरा मान्छेलाई बोलाउन थाले । एक जना मादल र अर्को जना गितार बजाउने छोरा मान्छे लिएर आए । सुनमा सुगन्ध थपिए जस्तो भयो त्यस जमातमा । एउटा बेग्लै रौनक थपियो कार्यक्रम उल्लासमय बन्यो । कोहि तीज सम्बन्धि गीत गाउने, कोहि कम्मर भाचि भाचि छम छमी नाच्न थाले । कोमल पनि के कम र ? उनी पनि तीजको गीतमा भाका मिलाइ मिलाइकन तिजको रहर आयो बरि लै …..भन्ने गितमा सामुहिक नाचमा नाच्न थलिन । धुम धाम सग रमाइलो नाचगान भयो । पन्चमीको व्रत सकेर कोमलले बुबा आमासग घर फर्कने कुरा गरिन । यसपाली नातिनी हरुलाइ पनि मावल ल्याइनस भनेर आमाले हपार्दै यो तीजको कोसेली नातिनीहरुलाइ भन्दै सेलरोटी लगायत मिठाई र फलफूल हरु झोलामा हालीदिनु भयो । घरमा जे जस्तो परे पनि हामिलाइ नबिर्सेस । घर बिगार्लास त धेरै चन्चले छस नि बाबू भन्दै सम्झाउनु भयो ।
गाडीबाट ओर्लेर कोमल आफनो घर आउदै गर्दा नजिकैको फलैचामा एक छिन बसिन । एक छिनको बसाइ पछि उनी घर जाने बेलामा पल्लो गाउँको माइला दाजु पनि त्यही बाटो हुँदै आइरहेका थिए । कहिलेकाही ती दुई जना भेट हुदा ख्याल ठट्टा गरिरहने रहन्थे । माइला दाइले कोमललाइ देख्न बितिक्कै जिस्काउन थाल्यो, ओहो ! कोमल बैनी माइतीघर गएर आको हो ? हैन सधै भन्दा त आज सारै राम्री देख्छु त हौ ? कि मेरो आँखा बिग्रेर पो यस्तो देखेको ह ? कोमलले पनि प्याच्चै भन्दिहालिन, आँखा बिग्रेको हो कि के के बिग्रेको हो ? होला नि राम्रो मान्छे देखे पछि त बिग्रीहाल्छ नि । हैन हो तेस्तो कुरा छोड्देउ न माइती बाट के कोसेली ल्याको च ? खाउ न त, माइला दाइले कुरा थप्यो । तिमिलाइ बाटो बाटोमा कल्ले कोसेली दिन्छ र ? केटाकेटी जस्तो कुरा गरिहिन्छ हौ । भरै बेल्का आउनु नि कोसेली खाने हो भने । कोमलको कुरा सुनेर माइला दाईलाई पनि कोमलको घरतिर कोसेली खान नगइ भएन । एक त उसको पनि बुढी पैसा कमाउन बिदेश गको २ साल भैसकेको थियो । अझैसम्म घर आउने छाट्काट थिएन । घरमा आमाबुबा, छोराछोरी सबैजना भएतापनि बुढि नभएको कारण उसलाइ खै के को अभाव भएको जस्तो महशुस भैरहेको थियो । तीजको कोसेली खान बोलाए पछि ऊ पैला आफ्नो घर गयो र साझ पख हतारिन्दै कोमलको घरतिर लाग्यो ।
बाहिरबाट ढोका ढक ढक गर्यो करुणाले भित्रै बोलाइन् । अनि माइला दाई पनि भित्रै पस्यो । कोमलले माइतीघरबाट ल्याको तीजको कोसेली निकालेर दिइन । माइला दाइले पनि धेरै समय पछि सेल रोटि र मिठाइहरु खान पाउँदा खुशी मान्दै मीठो गरेर खाए । कोमलको नानीहरू पनि टि.भि. हेर्दाहेर्दै निदाइसकेका थिए । कुरैकुरामा माइला दाइले भन्यो, हन तिम्रो बुढा अमेरिका गको बर्ष दिन भएन र ? खै हामी चै जहाको तहि कहि जान पनि सकिएन केही गर्न पनि सकिएन । घरमा पनि यस्तै कुरामा ठाक ठुक हुन्छ । बुढिको कमाइमा बाचेको भन्छ्न् । भिषा मिले त म पनि बिदेश जाने थिए । तिम्रो बुडासग एक पल्ट भिसाको बारेमा कुरा गर न हौ । कोमलले पनि ल ल हुन्छ नि त भनिन । के गर्नु र ? बुढा र बुढी देश र बिदेशमा अलगअलग भएर रहनु पनि सारै गारो कुरा रैछ । फेरि हेरन कोमल मेरो त केयर नै गर्दिन उतै अरु बुढा बनाको छ होलान्त । बिदेशमा त उतै रिल्यक्स हुन्छ अरे हैन ? आफुलाइ चै या कस्तो भैराख्या छ । मनको पीडा कस्ले बुझ्ने र ? भन्दै माइला दाइ बिस्तारै कोमल भए तिर सर्छ । हात समाउछ र भन्छ तिमिलाइ चै तेस्तो हुदैन र …..?? खै यो दाइ त के के कुरा गरि राख्या हो लाजै बिना ।कोमलले भन्छिन, के को लाज त भको कुरा गर्न । मलाइ पनि त तेस्तै हुन्छ नि, माइला दाइ कुरा थप्दै कोमलसग टासिन पुग्छ । उनी पनि चुप लागि रहिन । दाइले कोमलको हात समाउदै बढ्छ । कोमल लाजले मुख छोपी । दुबैजना अकमाल गर्न थाले, त्यो रात माइला दाइ कोमलको घरमै सुत्यो ।
भोलिपल्ट बिहानै झिसमिसेमा माइला दाइ खाली खुट्टा फुत्त बाटोमा निस्कन्छ । मर्निङ वाक गर्ने एक जमातले माइला दाइलाइ खाली खुट्टा देखेर सोध्छ, हैन माल दाजु आज चप्पल लाउन बिर्सनु भएछ त ? अर्कोले फेरि सोधेछ, कहाँ पुगेर हौ दाइ यति बिहानै ? तर माइला दाइको एउटै जवाफ थियो, तीजको कोसेली खाएर आको नि । हैन साचै कोमल दिदिले त अर्को बुढा पो बनाउन आट्यो के हो ? त्यस जमातमा कुराचल्न थाल्यो । भोलिपल्ट देखि गाउ घरको मान्छेहरूले कोमललाइ जिस्काउन थाले । त्यसको केही हप्ता पछि कोमल त्यै पल्लो गाउँको माइला दाईसँग पोइल गइछिन् । हाल कतार