कार्यालय सहयोगीको भरमा जिल्ला शिक्षा कार्यालय पर्वत

608
views

निर्मल पौडेल÷शुसिल भुजेल
पर्वत, ३०, चैत । बुधवार पर्वतका जिल्ला शिक्षा अधिकारी दिनभर कार्यक्रममा व्यस्त हुँदा कार्यालयमा हुने कामहरु हुन सकेनन् । कार्यालयको कामले दक्षिण पर्वतदेखी आएका शिक्षकहरु दिनभर जिशिअको पर्खाईमा बसे । विहान १० बजेदेखि नवदृष्टि डटकमले उक्त कार्यालयमा हुने कामलाई निगरानीमा राखिरहेको थियो ।
सोही बेला दक्षिणमा पर्ने बिहादी गाउँपालिका–४ सगरमाथा मावि वहाकीका शिक्षक माधव तिवारी, फलेवास नगरपालिका–६ मोडल अंग्रेजी आवासिय माविका शिक्षक नारायण पौडेल र फलेवास नगरपालिका–३, श्री जनसहयोगी निमावि विद्यालयका शिक्षक दिलिप पौडेल दिनभर पर्खाइमा बसेका थिए । शैक्षिक सत्र २०७३ को जिल्ला स्तरीय परिक्षा कक्षा ८ को नतिजा स्विकृत लिनका लागि आएका ति शिक्षकहरु जिशिअ रमेशराज पौडेलको पर्खाइमा रहे ।
जिल्ला शिक्षा अधिकारी नहुँदा आफ्ना कामहरु रोकिएको नतिजा स्विकृत लिनका लागि आएका शिक्षकहरुको भनाई थियो । जिल्ला शिक्षा कार्यालय स्रोतले दिएको जानकारी अनुसार जिशिअ रमेशराज पौडेल स्रोत केन्द्रमा भएको कार्यक्रममा व्यस्त
रहेको बताएका छन ।
जिल्ला शिक्षा कार्यालयमा जिशिअ नहुँदा टाढाबाट आएका विद्यालयको काम रोकिएको थियो । काम रोकिएपछि दिनभर कार्यकक्ष हेर्ने शिवाय ति शिक्षकहरु को काम बन्न सकेन् । जिशिअ नै दिनभर कार्यक्रममा व्यस्त भईदिंदा नतिजा स्विकृत हुन नसकेको शिक्षकहरुले नवदृष्टिलाई बताए । जिल्ला शिक्षा कार्यालयमा बुधवार दिनभर कर्मचारी थिएनन् ।
यता जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले कहिलेकाही त्यस्तो पर्न जाने बताए । आफु दिनभर विभिन्न कार्यक्रम र मिटिङमा व्यस्त भएको पौडेलको भनाई थियो ।  कार्यालयमा कार्यालय निमित्त मात्र नभई अन्य कर्मचारी समेत देखिएका थिएनन् । एकजना कार्यालय सहयोगीको भरमा बुधवार जिल्ला शिक्षा कार्यालय सञ्चालन भएको थियो । विद्यालयको कामका लागि गाउँका अन्य विद्यालयहरु पनि आएका थिए । विहान १० बजेबाट उक्त कार्यालयलाई निगरानी राखेको नवदृष्टिले साँझमात्र समाचार प्रकाशन गरेको छ ।