नुवाकोटमा दोश्रो दशै महोत्सव हुने

945
views

नुवाकोट, ४, भदौ । “विविध सास्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार” भन्ने नारा सहित नुवाकोटमा दोश्रो दशै महोत्सव हुने भएको छ । आउदो असोज २ गतेदेखी असोज ११ गतेसम्म हुने दशै महोत्सव त्रिशुली युथ स्पोर्टस क्लबले आयोजना गर्न लागेको हो । महोत्सव त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजक क्लवले जानकारी दिएको छ ।
महोत्सवमा धार्मिक सास्कृतिक, ऐतिहासिक सम्पदाको चिनारी एवम सीप, कला, कौसल र उद्यमशिलताको प्रचार गर्ने उदेश्यले दोश्रो नुवाकोट दशै महोत्सव गर्न लागिएको त्रिशुली युथ स्पोर्टस क्लबका अध्यक्ष शिव खड्गीले जानकारी दिए ।
“लोपोन्मुख कला लोकसंस्कृति र परम्परालाई जीवन्तता, संरक्षण र सम्बद्र्धन गरिनुका साथै जिल्लामा उत्पादित वस्तु तथा कृषि उपजको उचित वजार मुल्यका साथ जिल्लाको व्यापारमा सघाउ पु¥याउने उद्देश्य रहेको छ,” खड्गीले भने, “प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एवम धरोहरहरुको आन्तरिक र बाह्य वजारमा प्रचारप्रसार गरी जिल्लाको विकासको साथै स्थानीयको जिवनस्तरमा सुधार गर्न टेवा पुग्नेछ ।”
महोत्सवमा कृषि उपजहरुको प्रदर्शनी र विक्रि, घरेलु हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी तथा विक्री, आकर्षक सास्कृतिक झाकी प्रदर्शन, राष्ट्रिय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग्य प्रस्तुत, रेन्वो ट्राउट माछाका परिकारहरुको विक्रि वितरण तथा प्रचारप्रसार गरिने भएको छ । महोत्सवमा १ सय २५ वटा स्टल राखिनेछ । कम्तिमा पनि ५० हजार दर्शकले महोत्सव अबलोकन गर्ने र २५ लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्लबले यसअघि पहिलो नुवाकोट दशै महोत्सव २०७१ असोज ३ देखी १२ गतेसम्म आयोजना गरेको थियो ।