चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यमा वृद्धि

1228
views

सिन्धुली,५ भदौ । दैनिक उपभोग्य वस्तुको मूल्यमा एक्कासी वृद्धि भएपछि सिन्धुलीका उपभोक्ता समस्यामा परेका छन् ।
दशैं–तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् । सदरमुकाम सिन्धुलीमाडीलगाएत जिल्लाका दुधौली, खुर्कोट, कपिलाकोट, झागाझोलीलगायतका प्रमुख बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासी वृद्धि भएको छ ।
सरकारी निकायले नियमित बजार अनुगमन नगर्दा व्यापारीले मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ । नाप तौलका सामानको अनुगमन तथा निरीक्षण नहुँदा पनि व्यापारीहरुले उपभोक्तालाई ठग्ने गरेको गुनासो आउने गरेको छ ।