प्रहरी नायव उपरिक्षक शेखर खनालको विदाई

1096
views

 सन्दिप पाठक
पर्वत ५, भदौ । शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालय कुश्माले प्रहरी नायव उपरिक्षक शेखर खनालको विदाई कार्यक्रम गरेको छ । झण्डै एकबर्ष अगाडी पर्वत आएका प्रनाउ खनालको शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयले विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल नवराज गुरुङले प्रनाउको पर्वत कार्यकाल सफल भएको बताए । गुरुङ्गले जुन जिल्लामा गएपनि राष्ट्रको सेवा गर्दै प्रहरीले जनतालाई दिनुपर्ने सेवा सुविधा र न्यायको पहुँच कम्जोरी नर्ग समेत आग्रह गरे । विदाई कार्यक्रममा बोल्दै प्रनाउ शेखर खनालले विदाई नभई पर्वतवासीसँग पुर्नमिलन होस् भन्ने चाहाना व्यक्त गरे ।

प्रनाउ खनालको विदाई कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रनाउ खनालले शहीद स्मारक आवासिय माद्ययमिक विद्यालयको पठनपाठनको उच्च मुल्याँकन गरेका थिए ।