नेपाल पत्रकार महासंघमा अध्यक्षमा गोविन्द आचार्यको प्यानल निर्वाचित (सबैको मतसहित)

790
views

काठमाडौं,६ भदौ । नेपाल पत्रकार महासंघमा अध्यक्षमा गोविन्द आचार्य निर्वा्चित भएका छन्। आचायले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी तीर्थ कोइरालाले ६२७ मत मात्र ल्याए। आचार्यले १०५ मत अन्तरले जितेका हुन्। निर्वाचन समितिबाट परिणामको औपचारिक घोषणा हुने भने बाँकी छ ।
आयर्चाय कांग्रेस, माओवादी पार्टी निकट पत्रकारहरुको गठबन्धन बनाएर उठेका थिए भने कोइराला एमाले निकट पत्रकार प्रेस चौतारीबाट उठेका थिए।
पदाधिकारीहरुमा पनि आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन्। प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएको छ।
खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन्।
महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वा्चित भए।
यसैगरी लेखा समिति संयोजकमा रोशन पुरीले ७९४ ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी रामहरि शिलवालले ५८१ मत मात्र ल्याए। लेखा सदस्यहरुमा भुपेन्द्र आचार्य ८०४ र मिराराज भण्डारी ७२८ ल्याएर विजयी भए।
पदाधिकारीमा कसले कति ल्याए ?
खुल्ला उपाध्यक्ष
उपाध्यक्ष विपुल पोखरेल– ७९६ (विजयी)
मात्रिका पौडेल–६४१
समावेशी उपाध्यक्ष
दिलिप थापा–८५९ (बिजयी)
महेश दास–५६४
महासचिव
रमेश बिष्ट –७५१ (विजयी)
बालकृष्ण बस्नेत –६७१
खुल्ला सचिव
राम प्रसाद दाहाल–७४६ (विजयी)
रुद्ध्र भट्टराई–४३६
महिला सचिव
लक्ष्मी पुन –७७७ (विजयी)
शुस्मा पौडेल –७६९
आदिवासी सचिव
उदय जीएम–७५७ (विजयी)
सिद्धराज राई –६३६
मधेशी सचिव
शितल प्रसाद महतो – ७४४ (विजयी)
सतिष कुमार मिश्र–५८६
दलित सचिव
रमेश कुमार वि.क–७६७ (विजयी)
हेम कर्ण विक–५६२
एसोसियट सचिव
प्रकाश थापा–७६० (विजयी)
महेन्द्र प्रसाद भट्टराई–५६७
कोषाध्यक्ष
राजेश मिश्र –७७१ (विजयी)
खगेन्द्र पन्त–६२०
प्रदेशबाट बिजयी हुनेहरु
प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)