प्रधानमन्त्रीले प्रतिपक्षी दलको उपेक्षा गरे–ओली

687
views

काठमाण्डौ, ६, भदौ । मंगलबार संसद बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणबारे सांसदलाई जानकारी नगराएको भन्दै आपत्ती जनाएका छन् । ओलीले भने ‘यसअघिका प्रधानमन्त्रीहरुले विदेश भ्रमणबारे संसदलाई जानकारी गराउँथे, तर, प्रधानमन्त्री शेरबहादुर देउवाले किन जानकरी नगराएको भन्दै प्रश्न गरे ।’
प्रधानमन्त्रीको भारत भ्रमणबारे पत्रपत्रिका पढेर थाहा पाउनुपर्ने अवस्था छ’, ओलीले भने, ‘प्रतिपक्षी दलसँग भ्रमणबारे सल्लाह नगरेर समेत उहाँले उपेक्षा गर्नुभयो ।’ ओलीले भारत भ्रमणको क्रममा तराई डुबानबरे कुरा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘बाँधहरु अन्तराष्ट्रिय कानुन विपरित बनेका छन्,’ ओलीले भने, ’असमान सन्धीहरुको बारे समेत उहाँले कुरा उठाउनु पर्छ, हिजोका सन्धिलाई आजको आँखामा परिमार्जन गर्नु पर्छ ।’ बाढी तथा पहिरो प्रभावितलाई राहत वितरणमा सरकारले एकलौटी गरेको ओलीको आरोप थियो ।