साफ यु–१५ च्याम्पियनसिपः बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

242
views

काठमाडौं, ६ भदौ् । उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेश समूह विजेता तथा भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
मंगलबार भएको समूह ‘ए’को अन्तिम खेलमा भुटानलाई ३–० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको हो । यो समूहबाट श्रीलंका बाहिरिएको छ ।
त्यस्तै, समूह ‘बी’को विजेता र उपविजेताको छिनोफानो बुधबार हुँदैछ । बुधबार नेपाल र भारत भिड्दैछन् ।।
नेपालले माल्दिभ्सलाई ६–० ले हराउँदा भारतले माल्दिभ्सलाई ९–० को विशाल अन्तरले पराजित गरेको थियो ।