पाङराङमा तिजको रौनक

413
views

सन्दिप पाठक
पर्वत, ८, भदौ । तिजको अवसरमा फलेवास नगरपालिका ११ पाङग्राङमा तिज मेला गरिएको छ । पाङग्राङ यूवा समाजको आयोजनामा तिज मेला गरिएको हो । उक्त मेलाको उद्घाटन गर्दै फलेजवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले देशमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको बताउँदै आर्थिक क्रान्ति तथा समृद्धि अभियानको नेतृत्व महिलाहरुले गर्ने बेला आएको बताउनुभयो ।
अधिकारीले हरितालिको तिजको अवसरमा आयोजना गरिएको कार्यक्रमले चेलीबेटीहरुको मेलमिलाप बनाउनुका साथै आत्मियता तथा सद्भावको विकास गर्ने बताउनुभयो । तिजमेलामा भलिवल प्रतियोगिता,तिज गित नृत्य प्रतियोगीता र घैटोफोर प्रतियोगिताको समेत आयोजना गरिएको छ । सबै प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्टहुने हरु लाई नगद र प्रमाण पत्र प्रदान गरिने आयोजकले जवनाएको छ । तिजको अवसरमा धेरै ठाउँमा तिजमेला आयोजना गरिएको छ ।