राजपाको दुई समुहबीच तनावपूर्ण झडप

405
views

वीरगञ्ज – स्थानीय चुनावमा जाने राष्ट्रिय जनता पार्टीले घोषणाले झडप निम्त्याएको छ । वीरगञ्जमा मेयरका आकांक्षी दुई नेताका समूहबीच झडप भएको हो । वीरगञ्ज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका उम्मेदवार छनोटको लागि स्थानीय कुमुप्यालेस होटेलमा आयोजित छलफल कार्यक्रममा पर्यवेक्षक अगाडि नै शुक्रबार झडप भएपछि छलफल नै बिथोलिएको छ । केहीबेरको तनावी झडपपछि दुबै पक्षका कायकर्ताहरूले चर्काचर्का नाराबाजी सुरु गरे ।

केन्द्रबाट आएका केन्द्रीय उपाध्यक्ष पर्यवेक्षक विजय गुप्ताका अगाडि मेयरका आकाँक्षी विमल श्रीवास्तव र राजेशमान समूह बीच झडप आज वीरगञ्जमा झडप भएको हो । कार्यक्रमको सुरुमै केन्द्रीय महासचिव राजेशमान सिहं (श्रेष्ठ) को नेतृत्वमा आएको जुलुस कार्यक्रम स्थलमा पुगेपछि महासचिव विमल श्रीवास्तव तथा सिंहको पक्षमा दुबैका समर्थकले नारावाजी सुरु गरेको एक सहभागीले बताए ।

वीरगञ्जको मेयर पदका उम्मेदवार बन्न राजपाले चुनावमा जाने घोषणा गर्नु अगावैदेखि आकांक्षी रहेको र बेग्लाबेग्लै कार्यक्रमहरू गर्दै आएका श्रीवास्तव र सिंहबीच अहिले टिकटमा आन्तरकि द्वन्द्व चलिरहेको छ । ‘जिल्लाका नेता, यहाँ रहेका केन्द्रीय नेताहरू र जनवर्गीय संगठनहरूको समेत बैठक राखिएको थियो वीरगञ्ज महानगर, पोखरिया नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीहरूको पहिचान गर्न यो पहिलो भेला राखिएको थियो,’ राजपाका अर्का माहासचिव शिव पटेलले भने, ‘भीड ज्यादै थियो, दुई समूहबीच नाराबाजीले परिस्थिति असहज भएपछि छलफल अगाडि बढ्न सकेन ।’