यान्त्रिक पुलको उपयोगिता घटेपछि शेयर सदस्य चिन्तित, लगानी बढाउन सञ्चालकलाई सुझाव

666
views

महेन्द्र जिसी
पर्वत ,१० भदौ । गाउँ गाउँमा यातायात पुगेपछि यान्त्रीक पुलको महत्व घटदै गएको साधारण सभाका सदस्यहरुले बताएका छन । कुश्मा वलेवा यान्त्रीक पुलको छैठौ साधारण सभामा सहभागि सहस्यहरुले यस्तो गुनासो गरेका हुन । पुलको माताहतमा रहेको जमिन रिर्सोट तथा अन्य पर्यटकीय सम्भावनाको अध्यन गरेर पुलको उपयोग बढाउन शेयर सदस्यहरुले सुझाव दिएका हुन् । केवलकार प्रणालीमा सञ्चालित पुललाई विस्तार गरेर भैरम थान सम्मको पहुँच विस्तार गराउन सकेमा पुलको महत्व बडन सक्ने सदस्यहरुको सुझाव रहेको हो । साधारण सभामा १८ प्रतिशत मात्र पुलले मुनाफा वितरण गर्नेसक्ने प्रतिवेदन जारी गरेपनि शेयर सदस्यहरुले यस्तो गुनासो गरेका हुन् । २४ रोपनी ८ आना क्षेत्रफलमा रहेको पुलको उपयोग दर घटेको बताउँदै संञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले ९० लाख ४७ हजार एक सय ९४ रुपैयाँ शेयर सदस्यहरुलाई मुनाफा बाँड्न सफल भएको बताउनु भयो ।

४ सय ६२ जना शेयर सदस्य रहेको पुलमा प्रति टिकट सय रुपैयाँ सेवा शुल्क कायम गरीएकाे छ । विगतका वर्षभन्दा पुल पुरानो हुँदै गएको र समय समयमा मर्मत तथा सम्भार गर्दा सेवा रोक्नु परेका कारण पनि आम्दानी घटेको समितिले जनाएको हो । एक्कासी गरिएको मुल्य वृद्धिमा शेयर सदस्यको विवादका कारण पनि पुल सञ्चालनमा समस्या देखिएको सञ्चालक समितिले साधारण सभामा बताएको छ ।