म्याग्दीमा एक युवकको आफ्नै साथीबाट हत्या

593
views

म्याग्दी, ११, भदौ । म्याग्दीमा संगै का मगर्ने साथीको आफ्नै साथीद्वारा हत्या भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ सहश्रधारामा मालिका बोर्डिङ स्कूलमा मजदुरी गर्दै आएका ताप्लेजुङका ४७ वर्षिय सुमन खड्कालाई उनीसँगै काम गर्ने चितवन शारदा नगरका ३० वर्षिय अशोक तामाङले हँसियाँ प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
खड्काको हत्या गरेका तामाङलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटीएको प्रहरी टोलिले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हत्या गर्नुको कारण बारे प्रहरीले केहि बताएको छैन ।