बलेफिमा बाटो खुल्छ, पहिरो रोकिदैन

262
views

नवदृष्टि संवाददाता
सिन्धुपाल्चोक, ११, भदौ । अरनिको राजमार्गअन्तरगतको बाह्रबिसे–काठमाडौं सडकखण्डको बलेफीमा पानी पानी प¥यो कि पहिरो खस्न शुरु गरिहाल्छ । पहिरो झरेपछि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । अविरल वर्षाको कारण बलेफीमा पहिरो झरेपछि राजमार्ग ठप्प हुन्छ । जसोतसो खुलायो फेरी बाटो अवरुद्ध । शुक्रबार जुरेमा पहिरोले सडक बिगारेको थियो भने, शनिबार वर्षाले बलेफीमा बाटो तहसनहस बनाएको ६ घण्टापछि सडक खुलेपनि पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीको भनाई छ । सो सडकखण्डको विभिन्न अन्य स्थानमा पनि स–साना पहिरो खस्नुका साथै बाटो भास्सिएका कारण दैनिक आवत–जावत गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रा लागेका यात्रुहरुले बलेफीको पहिरो सम्झेर के होला ? सडक अवरुद्धमा परिने पो हो कि ? भनेर त्रसिनुपरेको यात्रुहरु बताउँछन् ।

सवारी चालकहरुले पनि यस्तै यस्तै गुनासो गरे । उनीहरुले सडक खुलायो पानी आउने वित्तिकै पहिरो नरोकिने समस्या बल्झिरहन्छ ।