पुनः निर्माण प्राधिकरणले राख्यो धादिङका १७ घर परिवारलाई लाभग्राही सूचीमा

678
views

नवददृष्टि संवाददाता
काठमाडौँ, ११, भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगा जमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको छ ।
जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरु गरेका बेला गंगा जमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो ।
प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकामा गंगा जमुना गाउँपालिका वडा नं १ का ब्लेक लामा तामाङ, नेमबहादुर तामाङ, सुतमान तामाङ, बलबहादुर तामाङ र चमबहादुर तामाङ छन् ।
सोही गाउँपालिकाको २ नं वडाका रामबहादुर तामाङ, शिवा तामाङ, गंगाबहादुर तामाङ, फुर्वा लामा तामाङ र दाइबहादुर तामाङ पनि लाभग्राही सूचीमा समावेश भएका छन् । त्यस्तै रक्से लामा तामाङ, मनोज तामाङ, जलबहादुर तामाङ, डेमे लामा तामाङ, सुनबहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राही सूचीमा परेका छन् ।
जोखिमयुक्त बस्तीबाट स्वेच्छिक रुपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न दुई लाख रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको छ भने निजी आवास पुनःनिर्माणका लागि थप तीन लाख रपैयाँ सहयोग गनेृ बताइएको छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिइसकेको छ । जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने पहलस्वरुप तत्कालका लागि १७ परिवारलाई लाभग्राही सूचीमा समावेश गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।
भुसालले भन्नुभयो ‘प्राधिकरणले हालसम्म १३६ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रमाणित गरेको छ, तीमध्ये ६० वटा पूर्णरुपमा र बाँकी आंशिक रुपमा सार्नुपर्ने देखिएको छ । जोखिमयुक्त १३६ बस्तीमा दुई हजार ३६१ घरधुरी छन् ।
प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी नमूना एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । गोरखाको केरौँजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा बस्ती यसमा परेका छन् ।