प्रधानमन्त्री देउवालाई विमानस्थलमा कालो झण्डा देखाइँदै

452
views

भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किन लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश उत्रिएलगत्तै कालो झण्डा प्रदर्शन गरी विरोध जनाइने तयारी भएको बुझिएको छ । कालोझण्डा देखाउने तयारी मा विपलव नेतृत्वको नेकपा रहेको बुझिएको छ । प्रधानमन्त्री देउवा आज आइतबार बेलुकी स्वदेश फर्किंदै छन् । भारत भ्रमण सफल र उपलब्धिपूर्ण भनी सत्तापक्षबाट दाबी गरिएपनि विपक्षीहरुबाट भने भ्रमणको क्रममा भए(गरेका काम तथा अभिव्यक्तिको व्यापक आलोचना गरिएको छ ।
प्रधानमन्त्रीको विरोध गर्न विमानस्थल क्षेत्रमा माओवादी कार्यकर्ताहरु विभिन्न रुपबाट भेला भएका छन् भने यसको सुइँको पाएपछि सुरक्षा निकायले पनि विमानस्थल आसपासमा सुरक्षा व्यवस्थामा थप कडाई गरेको बुझिएको छ ।
शनिबार तिरुपती बालाजीको दर्शनसँगै बोधगया पुगेका प्रधानमन्त्री देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।