अनुगमन नहुँदा मानव स्वास्थ्यमा खेलवाड

439
views

महेन्द्र जिसी
पर्वत, १२, भदौ । एक वर्षअघिको भदौ महिनाको १० र १७ गते जिल्लाका मेडिकलहलहरुको अनुगमन गरीएको भएपनि पछिल्ला दिनहरुमा अनुगमन रोकिएको छ । मेडिकलहरुको अनुगमन विवरणमा जिल्लाका सरोकारवालाहरु निकायहरु मौन बस्दै आएका छन् ।

तत्कालीन अवस्थामा आधादर्जन मेडिकल हलहरु अवैध रुपमा सञ्चालन गरेको पाइएको भएपनि अनुगमनको निरन्तरता नहुँदा मानव स्वाथ्यमा खेलवाड भएको गुनासाहरु बढ्न थालेका छन् ।
मेडिकलहरुमा दक्ष स्वाथ्यकर्मीको अभाव र अनुमती नै नपाएका औषधि विक्रि वितरणमा व्यवसायीको मनपरीले मानव स्वाथ्यमा खेलवाड भईरहेको अनुगमनमा स्वीकार गरीएको भएपनि आवश्यक नियमन हुन सकिरहेको छैन ।
मापदण्ड विना नै सञ्चालनमा आएका मेडीकलहलहरुले दक्ष डाक्टर विना ईसीजी, भिडीयो एक्सरे, मुटु जाँच लगायका प्रचार प्रसार गर्दै मानव स्वाथ्यमा खेलवाड गरेको पाइउको छ ।

हरेक क्षेत्रको विषय गत अनुगमन गर्ने सरकारी प्रावधान रहेको भएपनि नियमीत अनुगमनको अभाव र निर्देशन पालना नहुँदा सरोकारवाला निकायको लाचारी पनका कारण मेडीकलहलहरुको लापरवाही मौलाईरहेको छ ।
अहीले मेडीकल हलहरुले अधिकार भन्दा बाहीरका सेवाको प्रचार प्रसार गराएर सर्वसाधरणको स्वाथ्यसँगै आर्थिक लापर्वाही बढेको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख बुद्धि बहादुर थापाले आँफुभन्दा अघिल्ला प्रमुखहरुले अनुगमन गरेको भएपनि आँफुलाई जानकारी नभएको बताउनु भयो । डा. थापाले मेडीकलहरुको पछिल्लो अवस्थाको बारेमा कुनैपनि विवरण आँफुहरुसँग नरहेको बताउनु भयो ।