गुरु राम रहीम सिंहलाई बीस बर्ष जेल सजाय

790
views

काठमाण्डौ । भारतमा बलात्कारी ठहरीएका धर्मगुरु राम रहीम सिंहले २० वर्ष जेल सजाय बेहोर्नु पर्ने भारतका कानूनी अधिकारीहरुले बताएका छन् । उनलाई जेल सजाय सुनाएको अदालतका अधिकारीहरुले भनेका छन् दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका गुरमित राम रहीम सिंहले लगातार दुईवटा दश बर्षे जेल सजाय भुक्तान गर्नुपर्नेछ । यसअघि उनलाई दश वर्षे जेल सजाय सुनाइएको बताइएको थियो । राम रहीम सिंहलाई बलात्कारको अभियोगमा गत हप्ता सोही अदालतले दोषी ठहर गरेको थियो । उनलाई त्यसरी दोषी ठहर गर्ने फैसला भए लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो स्तरको दंगा मच्चिएको थियो जस्मा ३८ जनाको ज्यान गएको थियो । त्यहाँ फेरि नयां हिंसा शुरु नहोस् भनेर हजारौं दंगा प्रहरीहरु परिचालन गरिएको छ । ति गुरुको आश्रम डेरा सच्चा सौदा रहेको स्थान सिरसामा कर्फ्यू लगाइएको छ ।भारतीय सेनाले उक्त आश्रमको विशाल परिसरमा रहेको करिब चार हजार अनुयायीहरुलाई त्यहांबाट अन्त्यत्र जान मनाएका छन् तर अझै पनि हजारौं मानिस त्यहां बसिरहेका छन् । विविसी