सप्तरीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सनसनीपूर्ण अभिव्यक्ति

544
views

सप्तरी, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीमा उपस्थित युवाहरुलाई आवेगमा आउने गरी दुई नं प्रदेशमा पार्टीलाई पहिलो बनाउन निर्देशन दिएका छन् । विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले अन्य प्रदेशमा आफ्नो पार्टी तेसं्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बनाउनु युवाहरुलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालले ‘अहिले पार्टीको सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेको र प्रदेश नं २ का जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा पार्टीलाई पहिलो बन्ने पक्का छ ।’
हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ‘तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैको तागतले रोक्न सक्दैन् ।’
अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताए ।
मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उनले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गरे ।
सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो ।