जुठो सुत्केरो पर्दैन, निर्वाचन २ चरणमा हुँदैन – आयुक्त पौडेल

1463
views

संजय रेग्मी
पर्वत, ३१ चैत । निर्वाचन आयोगका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन दुई चरणमा नहुने र निर्वाचन रोकिनका लागि कुनै जुठो सुत्केरो पनि नपर्ने बताएका छन ।
बिहीबार पर्वत सदरमुकाम कुश्मा बजारमा राजनैतिक दल तथा पत्रकार सहभागी अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगको तयारीका बिषयमा जानकारी गाराउँदै आयुक्त पौडेलले भने, –‘‘निर्वाचन हुन्छ हुन्छ हुन्छ । दुई चरणमा हुँदैन, एकै चरणमा हुन्छ ।
निर्वाचन रोकिनको लागि कुनै पनि खालको जुठो सुत्केरो पनि पर्दैन ।’’ निर्वाचन आयोग र पत्रकारलाई मात्र चुनाव आएको भन्ने हल्ला सुनिएकोले उहांले राजनैतिक दलहरुलाई पनि आप्mना चुनावी कार्यक्रममा लाग्न पनि उनले अनुरोध गर्दै उनले थपे,–‘‘मैले सुन्ने गरेको छु, निर्वाचन त निर्वाचन आयोग र पत्रकारलाई मात्र लागेको छ ।
त्यसैले म सबै राजनैतिक दलहरुलाई अनुरोध गर्दछु की तपाईँहरु आप्mनो तरीकाले निर्वाचनका कार्यक्रममा लाग्नुहोस ।’’ आउँदो २०७४ साल माघ ७ गते सम्ममा तीन ओटै निर्वाचन पुरा नभए नेपाली जनताले निर्माण गरेको संबिधान कागजको खोस्टो मात्र बन्ने भएकोले स्थानीय निकायमा सहभागी बन्न आयुक्त पौडेलले सबै राजनैतिक दल र जनताहरुलाई अनुरोध गरे ।
उनले चुनावी चिन्ह र थ्रेस होल्डका बिषयमा देखिएको बिबादतर्पm संकेत गर्दै, निर्वाचन आयोगले कुनै पनि दलमाथि प्रतिबन्ध लगाउन नखोजी सहकार्य गरीरहेको जानकारी दिए । सोही कार्यक्रममा बोल्दै निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद पौडेलले बैशाख १० गतेभित्रमा निर्वाचन सामग्रीहरु प्रत्येक जिल्लामा पु¥यईने जानकारी दिए ।
मित्र राष्ट्रहरुबाट आउने सामग्रीहरु आउने क्रम शुरु भएको जानकारी दिंदै प्रवक्ता पौडेलले देशभित्रै उपलब्ध हुने निर्वाचन सामग्री खरीदका लागि पनि टेण्डर प्रक्रिया शुरु भैसकेको बताए ।