बेलायत र सोभियत संघपछि अहिले अमेरिकालाई पासो बन्दैछ अफगानिस्तान

704
views

काठमाडौं, १४, भदौ
विदेशी शक्तिहरुले तीन शताब्दीदेखि अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् । तर यो तिनका लागि राम्रो रहेन र अहिले अमेरिका फेरि अफगानिस्तान फर्केको छ ।
आफ्नो ऐतिहासिक उपन्यास ‘क्याराभान्स’ लेख्नुअघि अमेरिकी लेखक जेम्स ए मिच्नर अनुसन्धानार्थ अफगानिस्तान गएका थिए। सन् १९५५ मा अफगानिस्तानमा विरलै सडक बनेका थिए। यद्यपि त्यहाँ अमेरिकी र रुसीहरु आफ्नो प्रभाव फैलाउने प्रतिस्पर्धा गरिरहेका थिए। पछि त्यो उपन्यासको अफगानी नायक एक जना अमेरिकी कूटनीतिज्ञलाई भन्छः एकदिन अमेरिका र रुस दुवैले अफगानिस्तानमाथि आक्रमण गर्नेछन्। र दुवैले यसका लागि पश्चाताप गर्नेछन्।
मिच्नरको भविष्यवाणी स्वभाविक थिएन। तै पनि यो भविष्यवाणी भयानक रुपले आश्चर्यजनक थिएन। अफगानिस्तानलाई लामो समयदेखि ‘साम्राज्यहरुको चिहान’ भनिँदै आएको छ। यद्यपि यो विवादित शब्दावलीको प्रयोग कसले सुरु र्गयो, स्पष्ट छैन।

यथार्थमा अफगानिस्तानकै कारणले कुनै पनि महान साम्राज्य पतन भएको छैन। बरु अफगानिस्तान साम्राज्यहरुको रणभूमि हो भन्नु बढी उपयुक्त हुन्छ होला। सहज स्रोतबिना पनि अफगानिस्तानको भूराजनैतिक अविस्थितिक वरदान अझ भनौँ, श्राप साबित भएको छ। यही अवस्थितिका कारण अफगानिस्तान कसै न कसैको मार्गमा परिरहेको छ ।
१९ औँ शताब्दीको ‘ग्रेट गेम’मा बेलायती र रुसी साम्राज्य यहाँको मरुभूमि र पर्वतहरुमा आमनेसामने भए। २० औँ शताब्दीको अन्त्यतिर सोभियत र अमेरिकी दुश्मनीले यहाँ छापामार युद्धलाई जन्म दियो। र यो शताब्दीमा आतंकवादविरुद्धको युद्धका कारण अफगानिस्तानमा लडाइँ जारी छ। भर्खरै राष्ट्रपति ट्रम्पले अमेरिकामा थप सैनिक पठाउने वाचा गरेका छन् ।
पछिल्ला तीन ‘साम्राज्य’ ले अफगानिस्तानमाथि गरेको आक्रमण फोटोग्राफीको युगमा भएको थियो। त्यसैले ती लडाइँका विजय र पराजयका अभिलेख तथा गत दुई शताब्दीमा एकदमै कम परिवर्तन भएकोजस्तो देखिने अफगानी भूमिको गाथा फोटोमा कैद भएका छन्।
बेलायती साम्राज्य
८० वर्षभन्दा लामो अवधिमा बेलायतले अफगानिस्तानमा ३ ओटा युद्ध लड्यो। यसक्रममा उसले केही समय अफगानिस्तान कब्जा र्गयो र दशौँ हजार मानिस पनि मारिए। अन्ततः पहिलो विश्वयुद्धका कारण थकित बेलायतले १९१९ मा हार खायो र अफगानिस्तानको स्वतन्त्रतालाई स्वीर्कायो।
यी फोटोहरुमा हेर्दा ग्रामीण अफगानिस्तानको परिदृश्य एकदमै कम परिवर्तन भएको देखिन्छ। माटोको पर्खाल भएका घरहरु अझै पनि त्यहाँ पाइन्छ। अझै पनि त्यस्ता कुनैकुनै घरहरुको सैन्य प्रयोग भइरहेको छ।
                                                             १८७९ मा काबुलमा बेलायती सेना
कतिपय सरकार पक्षधर मिलिसियाहरुसहित लडाकुहरुको पहिरन बेलायती साम्राज्यको भन्दा अहिले खास फरक छैन ।  अफगानिस्तानमा बेलायती युद्धको प्रत्यक्ष अनुभव लिएका बेलायती सेनाका एक पादरी जि आर ग्लेगले भनेका छन्, ‘यो युद्ध कुनै गतिलो उद्देश्यका लागि सुरु भएको थिएन। आतुरी र कायरताका साथ लडिएको यो युद्धले कष्ट र विनाश मात्रै निम्त्यायो। यसले लड्ने दुवै पक्षलाई कुनै गौरवको आभाष दिलाएन। यो युद्धबाट एउटा पनि राजनीतिक वा सैन्य उपलब्धि प्राप्त भएन।

सोभियतस्तान
दोस्रो महायुद्धपछि मध्य एसियाका गणतन्त्रहरुमा शान्ति स्थापना गर्न र तिनीहरुको आधुनिकीकरणमा सोभियत संघले ठूलो सफलता हात र्पायो। तर त्यस्तै कार्यक्रम अफगानिस्तानमा पनि लागु हुनसक्छ भन्ने ठानेर सोभियत संघले गल्ती र्गयो। सुरु भएको गृहयुद्धलाई दबाएर आफ्नो पक्षको सरकार बनाउन सोभियत संघले सन् १९७९ मा अफगानिस्तानमाथि आक्रमण र्गयो। तर युद्ध लम्बिँदै गएपछि त्यहाँबाट १९८९ मा ऊ त्यहाँबाट निस्कियो। १९८८ मा अफगानिस्तानमा सोभियत सेना अफगानिस्तानमा सोभियतहरुले स्कुल र सडक ल्याए। नागरिक संस्थाहरु निर्माण भए। महिलाहरुले स्वतन्त्रता प्राप्त गरे। तर उनीहरुको आधिपत्य अफगानी विद्रोहीहरुलाई सह्य थिएन। त्यसैले उनीहरुले जेहाद घोषणा गरे, जसलाई अमेरिका, पाकिस्तान र साउदी अरबले सकेसम्म सहयोग गरे।
दुवै पक्षका लागि यो क्रुर युद्ध थियो। अफगान युद्धमा भाग लिएका रुसी लेखक मिखाइल एव्स्ताफिएवले लेखेका छन्, ‘एक जना मानिसले काँडेतार, ट्यांक र मेसिन गनले घेरिएको सैन्य अखडाभित्र मात्रै आफूलाई सुरक्षित महसुस गर्न सक्थ्यो। भाग्यले सोभियत सेनाका डिभिजनहरुलाई अफगानिस्तानभरी छरिदिएको थियो। उनीहरु विशाल समुद्रमा साना टापुजस्तै एक्लो थिए, मुख्यभूमिभन्दा निकै टाढा।                                                                          १९८० मा सोभियतीविरोधी लडाकुहरु कुनार प्रान्तमा
बमका कारण टुटेफुटेका ट्यांक बोकेर सोभियतहरुले अफगानिस्तान छोडे। काबुलमा सोभियत समर्थक सरकार ढलेपछि तिक्त गृहयुद्ध सुरु भयो, जसका कारण कैयौँ सहर ध्वस्त भए। यसैकारण १९९६ मा तालिबानको उदय भयो।
१९८८ मा अफगानिस्तानबाट फिर्ता भएका ट्यांक उज्बेकिस्तानमा
अमेरिकी शताब्दी
सेप्टेम्बर १, २००१ को केही समयपछि २१ औँ शताब्दीको आफ्नो पहिलो सैन्य युद्ध अमेरिकाले अफगानिस्तानमा लड्यो। अमेरिकाले लडिरहेको सैन्य समूहरु निरन्तर बदलिइरहे, तालिबानको नयाँ विद्रोह सुरु भयो र अहिले अफगानीहरु पनि इस्लामिक स्टेटमा आबद्ध भइरहेका छन्। १६ वर्षको निरन्तर लडाइँपछि पनि यस युद्ध अन्त्यको कुनै छनक देखिँदैन।२००१ मा तालिबाननियन्त्रित गाउँ नियाल्दै नर्दन एलायन्सका सेना
अमेरिकाले अफगानिस्तानको क्वाला–ए–जंगीमा पहिलो लडाइँ लडेको थियो। त्यसयता १० लाखभन्दा बढी अमेरिकी सेनाले अफगानिस्तानमा लडिसकेका छन्। जसमध्ये २४०० को ज्यान गइसकेको छ। नेटो गठबन्धनका अन्य राष्ट्रका ११०० को मृत्यु भएको छ। यसको करिब ४ गुणा अफगानी सैनिक मारिएका छन्। गत वर्ष मात्रै ३ हजारभन्दा बढी गैरसैनिक अफगानीहरुको मृत्यु भयो।
२००१ मा तालिबान लडाकुलाई मृत्युदण्ड दिँदै नर्दन एलायन्सका सेना
२०१० सम्ममा अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाख र्पुयाइएको थियो। अफगानिस्तानको ३४ ओटै प्रान्तमा अमेरिकी र नेटो सैनिक सोभियत सेनाझै एकान्त किल्लाहरुमा थिए। अहिले तिनीहरु ठूलाठूला शिविरमा मात्रै छन् र संख्या घटेर १२ हजार पुगेको छ। अफगानी सेनाको संख्या भने ३ लाख ३० हजार सम्म पुगेको थियो।
                                                           २०१० मा कान्दाहारमा एउटा घर उडाउँदै अमेरिकी सेना
क्याराभान्स लेखेको धेरै वर्षपछि जेम्स मिच्नरलाई उनी कुन देश फेरि दोर्होयाएर जान चाहन्छन् भनी सोधिएको थियो। उनको उत्तर थियोः अफगानिस्तान। त्यो देशलाई उनको उपन्यासको पात्र अमेरिकी कूटनीतिज्ञले ‘संसारको सबैभन्दा ठूलो देक्चीमध्ये एक’ भनेर व्याख्या गरेको थियो।
‘अफगानिस्तानलाई म रोमाञ्चकारी, हिंसात्मक र उत्तेजना जगाउने स्थानको रुपमा सम्झिन्छु,’ मिच्नरले लेखेका छन्, ‘त्यो समयमा त्यहाँ काम गरेका लगभग सबै अमेरिकी र युरोपेलीहरुले यस्तै कुरा भनेका थिए।’ हाल आएर अमेरिका अझै लामो समयका लागि अफगानिस्तानमै रहन वचनबद्ध देखिएको छ।
                                                                २०१३ मा पाक्तिया प्रान्तमा अमेरिकी सेना
‘यो युद्धमा हामी तपाईंहरुको साथमा छौँ,’ अमेरिकी सेनाका कमाण्डर जनरल जोन डब्लु निकोल्सन जुनियरले गत बिहीबार अफगानीहरुलाई भने, ‘हामी तपाईंको साथमै रहनेछौँ।’ अफगानिस्तानमा अमेरिकी शताब्दी अन्त्य हुन अझै धेरै समय बाँकी छ।
(न्युयोर्क टाइम्समा प्रकाशित आलेखको भावानुवाद) नेपाल खबरबाट साभार