मैत्री भलिबलमा अर्को जित

1877
views

काठमाण्डौ १५ भाद्र । भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेको अवसरमा आयोजित अन्तर्रा्ष्ट्रिय मैत्री भलिबलमा नेपालले बंगलादेशलाई दुवै खेलमा पराजित गरेको छ । घरेलु टिमले बुधबार दोस्रो तथा अन्तिम खेलमा दुईपल्ट पछाडि परेको स्थिति उल्टाउँदै पाँच सेट चल्दा ३–२ को जित हात र्पायो ।
विगतमा नेपाली टिममाथि बंगलादेश हाबी हँुदै आएको थियो । तर अघिल्लो दिन पनि नेपालले बंगालादेशलाई ३–१ सेटले हराएको थियो । ज्वरोबाट मुक्त हुँदै कोर्टमा फर्किएका कप्तान सायेद अल जबिरको सहयोगमा बंगलादेशले दोस्रो खेलमा राम्रो सुरुआत गरेको हो । उसले पहिलो सेट २५–१९ ले कब्जा र्गयो । टोलीले घरेलु टिमविरुद्ध १६–१० र २०–१२ सम्म अग्रता बनाएको थियो । तर दोस्रो सेटमार्फत् नेपाल खेलमा फर्कियो ।
दोस्रो सेट निकै प्रतिस्पर्धात्मक रह्यो । १३–१३ को अवस्था हुँदै २१–१८ को अग्रता लिएपछि नेपाल अगाडि बढ्यो र सेट २५–२२ ले आफ्नो पक्षमा र्पायो । फेरि तेस्रो सेट बंगलादेशको पक्षमा गयो । नेपालले लिएको ८–७ को अग्रता तोड्दै उसले १३–१० र १९–१५ हँुदै २५–२० ले सेट जितेर २–२ को अग्रता लिएको थियो । चौथो सेटमा फराकिलो अग्रता नलिए पनि सुरुबाटै नेपाली टिम अगाडि बढ्यो । २१–१६, २३–२१ हुदै २५–२२ ले चौथो सेट जित्दै नेपालले खेल २–२ मा र्पुयाएको थियो ।
अन्तिम सेट भने लगभग एकपक्षीय रह्यो । नेपालले ८–५, १३–७ हँुदै १५–१८ ले पाँचौं सेट कब्जा गरी खेल ३–२ ले जित्यो । रेफ्री चन्द्रबन्दना राईको निर्णयप्रति बंगलादेशी टिम निकै असन्तुष्ट देखिए । त्यसै कारण बंगलादेशी कप्तान र प्रशिक्षकले खेलपछि मिडियासँग प्रतिक्रिया दिन पनि इन्कार गरे ।
‘आफ्नै गल्ती धेरै भएपछि सोचेअनुसार प्रदर्शन गर्न सकिएन,’ नेपालका प्रशिक्षक जगदीश भट्टले भने, ‘रिसिभ शून्य रह्यो । काउन्टर पनि राम्रो भएन । कन्फिडेन्स कम भयो ।’ अघिल्लो खेलको तुलनामा बंगलादेशले पनि राम्रो खेलेको उल्लेख गर्दै उनले थपे, ‘अन्तिम सेटमा सशक्त सर्भिस गर्ने रणनीतिले पनि सफलता दिलायो । नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरे ।’
‘हाम्रो तयारी एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका लागि हो । सबै पक्षमा सुधार गर्नुपर्छ,’ उनले भने ।