कालिकोटे विद्यार्थीका निम्ति अक्षय कोषको स्थापना

404
views

काठमाडौं,। शिक्षाराज्य मन्त्री शेषनाथ अधिकारीले कर्णालीको गुणस्तर शिक्षाका निम्ति सरकारले प्रभावकारी नीति अबलम्बन गर्ने बताएका छन् । मन्त्री अधिकारीले अक्षय कोष निमार्णका निम्ति ‘सुन्दर कालिकोट, सम्मृद्ध कालिकोट’ ले राजधानी आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् ।
‘सुन्दर कालिकोट, सम्मृद्ध कालिकोट’ का अभियन्ता एवं नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले भने,‘मैले सानो कामको थालनी गरेको छु, यो राजनीति गर्न वा चुनाव जित्नका लागि होईन । कालिकोटमै बसेर सरकारी विद्यालयमा पढेर उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका निम्ति हो ।’ उनले विद्यार्थीहरुका हौसला प्रदान गर्न १ लाख रुपैयांको अक्षय कोष खडा गरिएको समेत जानकारी दिए ।

कार्यक्रममा कालिकोटका सरकारी विद्यालयमा पढेर उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा २०७३ सालमा एसइइ परीक्षा दिएर कालिकोट जिल्ला प्रथम हुन सफल भएकी सम्मृद्धि बोहरालाई १० हजारसहित सम्मान गरिएको थियो भने अन्य उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थीहरुलाई भने जनही ५ हजारका दरले सम्मान गरिएको थियो । साथै, शाहीले सुरुवात गरेको उक्त सामाजिक कामलाई साथ दिंदै अष्ट्रेलियामा बसोबास गर्ने शिक्षा व्यवसायी एवं समाजसेवी राम श्रेष्ठले अक्षय कोषका निम्ति १० लाख रुपैयां दिने घोषणा गरेका छन् ।