शिवालय माविमा ६ सय शुल्क बुझाउँदा पनि नियमित पढ्न पाएनन् विद्यार्थीहरु

1417
views

नवदृष्टि संवाददाता
पर्वत, १७, भदौ । दुइहप्तादेखी विषयगत शिक्षक विदयालय नआउँदा कम्प्युटर साईन्सको पठनपाठन रोकिएको छ । पर्वत सदरमुकामको शिवालय माद्यमिक विद्यालयमा पढाउने एकजना शिक्षक दुईहप्तादेखी नआएपछि उक्त विषयको पठनपाठन रोकिएको हो ।
विद्यालयमा दुईहप्ता देखी कम्प्युटर साईन्स विषयको पठनपाठन नभएको विद्यार्थीहरुको भनाई छ । कम्प्युटर साईन्सका विद्याथीहरुले उक्त विषय अध्ययनका लागि थप एकसय रुपैयाँ सहित ६ सय रुपैयाँ मासिक शुल्क तिर्दै आएका छन् । विद्यालयमा लाईब्रेरी समेत सञ्चालनमा आउन सकेको छैन् । एकमहिना अघिबाट पढाई सञ्चालनमा आएको उक्त विद्यालयले विद्यार्थीको भविश्यमाथि खेलवाड गरिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईले शिक्षक तालिममा गएका कारण विद्यार्थीको पठनपाठन रोकिएको बताएका छन् । चापागाईले भने ‘कम्प्युटर साईन्स विषयको शिक्षक पार्ट टाईमर भएकोले पढाई रोकिएको हो ।’ विद्यार्थीले जे भनेता पनि एकहप्ता मात्र पढाई रोकिएको चपागाईले बताए । तर, विद्यार्थीहरुले भने दुईहप्तादेखी पठनपाठन हुन नसकेको बताएका छन् । चापागाईले ‘प्रविधिजस्तो प्राविधिक शिक्षामा शिक्षक नपाईने हुँदा समस्या उत्पन्न भएको बताए । विद्यालयमा लाईब्रेरीको समेत समस्या भएको विद्यार्थीको गुनासो छ । तर चापागाईले भने भइरहेको लाईब्रेरी सार्नुपर्ने परिस्थितिका कारण सञ्चालनमा नआएको बताएका छन् ।
उक्त विद्यालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत कर्मचारीलाई कम्प्युटर साईन्स विषयमा पढाउन शिवालय माविमा पठनपाठनका लागि ल्याएको थियो ।
उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले क्म्प्युटर साईन्सको विषयमा रोकिएको पढाईका बारेमा आफुलाई जानकारी नभएको बताए । गिरीले भने ‘मैले भवन निर्माणमा जोड दिएका कारण त्यसतर्फ ध्यान दिन सकेको छैन् ।’ प्रधानध्यापक भुपेन्द्र चपागाईलाई विद्यालयप्रति ध्यान नदिई स्रोत केन्द्र धाउने गरेको समेत आरोप लाग्दै आएको छ ।
उक्त विद्यालयका शिक्षकहरु सरकारी विद्यालयको जागिर खाएपनि निजी विद्यालयमा समेत पढाउने गरेका छन् । कक्षा ११ र १२ को पढाई १० बजेबाट हुनुपर्ने नियम भएतापनि विहानमा पढाउँदै आएको समेत गुनासा बढेका छन् ।