कालीगण्डकी नदि किनारमा बेवारिसे लाश फेला

388
views

नवदृष्टि संवाददाता
पर्वत, १७ भदौ । कुश्मा नगरपालिकाको–१ मालढुङ्गा–१ टिमुरे स्थित कालिगण्डकी किनारामा नाम थरर खुल्न नसकेको वेवारिशे शव फेला परेको छ । शनिवार उक्त शव फेला परेको हो । मंगोलियन जस्तो देखिने, दाहिने खुट्टाको पन्जामा कालो कोठी जस्तो देखीने चिन्ह भएको, अन्दाजी बर्ष ३५ र ४० बर्षिया महिलाको मृत लाश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । वेवारिशे शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा ७ जनाको टोली गई उक्त शवको मुचुल्का तयार पारेको थियो ।
घटनास्थल तथा लाश जाँच एवं प्रकृती मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृत शवलाई पोष्टमार्टमको पर्वत जिल्ला अस्पतालमा ल्याईएको प्रहर िनिरीक्षक लिलाराज लामिछानेले बताए । उक्त शवको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शवको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत तथा जिल्ला अस्पताल पर्वतमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय पर्वतले अनुरोध गरेको छ ।