रसुवा–काठमाडौ सम्पर्क समितिले पुरस्कार सहित सम्मान गर्यो

958
views

रसुवा, १८, भदौ ।नेपाली कांग्रेस रसुवा–काठमाडौ सम्पर्क समितिले आज एक भब्य समारोहका बिच रसुवा जिल्ला बाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा  A  र A+ ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुला रु पाँचहजार एकसय नगद सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । साथै सर्बोत्कृस्ट श्रेणी मा बिद्यार्थी उतिर्ण गराउन सफल रसुवाका बिध्यालयहरुलाई पनि प्रशंसा पत्रले सम्मान गरेको थियो । काठमाडौ बालाजुमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गर्नुभएको थियो । पुरस्कृत विद्यार्थी तथा विद्यालयलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रीय सदस्य अर्जुन नर्सिङ केसीले विद्यार्थी तथा विद्यालयको उज्जवल शैक्षिक भबिस्यको कामना गर्दै नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समितिले आयोजना गरेको यो कार्यक्रम हालसम्म कै उत्कृष्ट र उपलब्धि मुलक भएको भन्दै उच्च प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा समितिका सचिव उत्तम पौडेलले कार्यक्रमबारे प्रस्टाउनु भएको थियोे । रसुवा जिल्ला नेबि संघका कोषाध्यक्ष सन्दिप पौडेलले आगामी दिनमा नेवि संघ रसुवाले पनि बिद्यार्थी प्रोत्साहनका लागि सम्मान कार्यक्रमहरु गर्दै जाने भन्दै समितिले गरेको यस्तो कार्यक्रमलाई अबका दिनहरुमा नेवि संघ रसुवाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा जनक जीवन उपाध्याय, प्रभात तामाङ, राजु तितुङ, लामाकार्पु तामाङ तथा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले कार्यक्रमको उच्च प्रशंसा गर्दै आजसम्म कै रसुवाको उत्कृष्ट एवम उपलब्धि मुलक कार्यक्रम भएको भन्दै आयोजक समितिप्रति आभार वयक्त गनुभएको थियो ।
कार्यक्रममा नेवि संघ रसुवाका पुर्व अध्यक्ष एवम रसुवा कांग्रेसका युवा नेता धर्मराज पौड्यालले पुरस्कृत सम्पुर्ण विद्यार्थी तथा विद्यालयको उज्जवल शैक्षिक भविश्यको कामना गर्दै आगामी दिनहरुमा रसुवा जिल्लाको हर शैक्षिक अभियान तथा विद्यार्थी तथा विद्यालयको समस्या समाधानमा नेपाली कांग्रेस रसुवाको साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभएको थियो । समितिका वरिष्ठ उपाध्यक्ष शैलेश पौडेलले कार्यक्रमको संचालन गर्दै रसुवाबाट काठमाडौ आइ बसोबास गर्ने रसुवालीको सुख दुखमा साथ सहयोग गर्न नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समितिले अग्रणी भुमिका खेल्ने बताउनुभयो ।