सुनसरीमा बस दुर्घटना, ३२ जना घाइते

304
views

सुनसरी, १८ भदौ । आइतबार सुनसरीको भोक्राहा गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–लौकही सडकखण्डमा वस दुर्घटना भएको हो । सप्तरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रुबाहक बस साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।
घाइते भएकामध्ये ९ जना जिल्ला अस्पताल इनरुवामा उपचार गराई घर फर्किएका छन् भने २३ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर स्थानान्तर गरिएको प्रहरी निरीक्षक शेषनाथ थन्दारले जानकारी दिए ।घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।