-कथा- ‘बदलिएको मन’ भाग -२

1281
views

  -राजकुमार श्रेष्ठ 

क्रमशः  चम्पा घर पुगेको भोलिपल्ट बिहानै मनमायाको घरमा जान्छिन । उनी आधुनिक पहिरनमा सजिएको हुनाले झट्ट कसैले हेर्दा एकै पल्टमा नचिनिने भएकि थिइन । मनमायाको घरको आगनमा पुगेर ट्क्क उभिइन र मनमायालाइ बोलाइन पहिलो पल्ट कसैले सुनेनन । फेरि अर्को पल्ट बोलाइन, मनमाया खाजा बनाउदै गरेको मान्छे, को हो ह रु भन्दै हतारिएर बाहिर निस्किइन । चम्पाले भनिन, मनमायाको घर …….???  बोलिसक्न नपाउदै  मात्र के भनेकी थिइन, मनमायाले चम्पालाइ चिनिहालिन अनि फुस्रो अनुहार लगाएर अर्को तिर फर्काइन तब चम्पा कुदेर फेरि मनमती भए छेवैमा आइन र ग्वाम्लाङ अङालो हालेर भनिन, ू मनमाया मलाइ माफ गर, म तिम्रो साथी हु । म तिमी सग माफ माग्न आएकी छु । सानो छ्दा मैले तिमिलाइ कति दुख दिए अनि कति कुटाकुट पनि गरिम । साथी भनेर बुझ्न् सकिन । आइन्दा म तिम्रो मन दुख्ने कुनै किसिमको काम गर्ने छुइन ।ू यति भन्दै थिइन, चम्पाको गला अबरुद्ध हुँदै थियो । उनी त हिक हिक गर्दै मनमायालाई अङालोमै च्यापेर रुन थाली । उनको आसुको तातोपनले मनमायाको पनि गाला र काध मात्रै हैन मन समेत पगाली सकेको थियो ।
सायद, त्यै तातो पनले होला मनमायाको पनि आँखा रसायो । अनि आफ्नो हातले बिस्तारै चम्पाको अनुहार आफनो अगाडी तान्यो र दुई जना साथी बीच एक छिन आँखा जुधाएर हेरिरहे, फेरि अङालो मारेर एक छिन दुबै जना रोए …..अनि मनमायाले भनिन,  किन रोएकी त ……। तिमी त गाउँ ठाउँको ठूलो मान्छे बन्यौ, उदाहरणीय भयौ । तिमी जस्तो सफल साथिलाइ भेट्न पाएर रोएको हो, तिमिलाइ भेट्दा खुशीको आँसु हो यो ……. अनि किन फेस बूकमा मेरो फ्रेन्ड रिकुएस्ट एसेप्ट नगरेको रुरु कति पढी सकेउ ह रु तिमीले खोलेको सस्था हरु कस्तो चल्दै छ रु मलाइ चै सदस्य बनाउदैनौ रुूखोला बाढिमा आएको छाल झै चम्पाले आफ्नो मनको भावना पोखिन
यसपाली देखि बि बि। एस। शुरु गर्ने हो । सस्था राम्रोसँग चल्दैछ, हुन्छ । तिमीलाई साथी अनि सदस्य पनि बनाउछु । चम्पाले सोधेको कुराहरुको प्रयुतर दिदै मनमायाले सबै काम कुराहरू पूरा गर्ने बाचा गरिन । ूअनि किरणको के छ नि खबर रुू चम्पाले सोध्दै थिइन । उति नै खेर बाटोदेखि अनुराग भाइले मनमायालाई सुनाउदै थियो । दिदी, दिदी, किरण दादा त एक्सिडेन्ट्मा पर्नु भएछ तपाइ हेर्न नजाने रु ओम हस्पिटलमा हुनुन्छ रे । बिदेसबाट पढेर हिजो मात्रै आइपुग्नु भकोरैछ म चाहिँ हेर्न हिडे है । यति कुरा सुनेपछी दुबै जना हतार हतार गर्दै मनमायाको स्कुटीमा चढेर किरणलाइ हेर्न भनी गए ।

उनीहरु हस्पिटल पुगे र किरणको बारेमा स्वास्थ स्थिति बुझे, सामान्य चोट लागेको रैछ । केहि घन्टा पछि किरण र उसको ममिलाइ चम्पा र मनमायाले घरमा लिएर आए । किरण सगै स्कुल पढ्दाको साथीहरू भेट्न पाउँदा धेरै खुशी थियो र पल्याक पुलुक्क दुबैजनालाइ हेर्दै भन्यो आज त कस्तो सन्जोक १ नमिल्ने मान्छेहरु पनि मिलेको पो देख्न पाइयो त रु मिलेको राम्रो होन्त, बरु तिमिलाइ कस्तो छ रु भन्नू त रु डाक्टरी पढी सक्यौ रु चम्पा बोलिन । अँ ठिक छु , ममि बिमारी भएर उपचार गर्नलाई छुट्टी मिलाएर आको हेरन झन्डै आफै पो सिल्टिमुर खाइयोू किरण बोल्यो । तर मनु एउटा कुरा कसरी भनु …

तिमी इज्जत कमाउने अनि चम्पा चै पैसा कमाउने रु म पो अफ्ट्यारोमा परे त यता न उता । हामी त सगै स्कुल पढ्दाको साथी पो । हो, तिमीले चै पैसा मात्र कमाउन भैहाल्छ नि ू चम्पाले सहि थपिन । तर मलाइ थाहा छ, किरण १ मनुले तिमिलाइ धेरै माया गर्छे,सानै देखि माया गर्छिन ।।मनुले सानै देखि इज्जत पनि त कमाएकी छिन । यो साथ, यो पलले तिमीहरु दुबै जनालाइ जीवन जिउन थप उर्जा पनि मिल्ने छ । म पनि तिमिहरु बिच सदाको लागि मिलन भको हेर्न चाहन्छु । कसैको आँखा नलागोस । तिमि दुइको दाम्पत्य जीवन आज मात्रै होइन युगौ युग सम्म सफल रहोस भन्दै एकको हात अर्काको माथि राखी दिन्छ । मामुले पनि तेतिखेरै भन्दै हुनुन्थ्यो,  किरण आको बेलामा बिहे गर्न एउटा केटि हेरिराख्या भए पनि हुन्थ्यो । म बिमारि भको बेला तातो पानी तताएर दिने मेरो साथी त हुन्थ्यो ।  यो कुराले त्यहा बसेका चम्पा, मनमाया र किरणको छ्याप्पै मन छोयो । यो कुरा सुनेर मनमाया लजाइन भने किरण र चम्पा मुसुमुसु हासिरहे । साच्चिनै केही हप्ता पछि चम्पा र किरणको इङगेज्मेन्ट हुने टुङो भयो । गाउँ, टोल देखि सहर अनि सदरमुकाम सम्म मनमायाले चिनेजानेका ठुला, बडा, मान्यजनहरुलाइ निमन्त्रणा गरिन । धुमधामले बिवाह भयो । निम्तालु सबैजना आए भोज भतेर गरेर गच्छे अनुसारको गिफ्ट दिदै बिदाबारी भए ।

केहि महिना पछि किरण फेरि पढाइ पुरा गर्न लन्डन जाने तरखरमा हुन्छ । त्यस समय पनि साथी संगीहरुलाई घरमै बोलाएर एउटा पाटि दिन्छ । पाटीमा भोज चल्दै जान्छ अनि चम्पा कुरा अगाडि बढाउदै जान्छ, तिमिहरु त दुबै जना पढेलेखेका छौ । केही कुरा जाने, बुझेका छौ । सुन्दै छु , यसपाली त देसमा स्थानीय चुनाब हुँदै छ रे । यो यति ठूलो दुनिया, ससार त सम्हाल्न नसकिएला अनि देशमा आमूल परिबर्तन गर्न पनि नसकिएला तर हाम्रो यो गाउँ ठाउँ, समाजको परिवेश र बाताबरणलाई परिवर्तन गर्न सक्छौ । एकले अर्काको साथ र सहयोग लिनु दिनु पर्छ । तिमी हरुलाइ पनि त थाहै छ, दुनिया कति स्वार्थी छ कस्ता कस्ता मान्छेहरु छन रु तर पनि मनमायाले सबै तह, तप्काको मान्छेहरु चिनेजानेको छ र संघ, सस्थाहरुमा पनि काम गर्दै आएकि छिन । पार्टिले यसपाली टिकट दियो भने हाम्रो नगर पालिकाको मेयरमा उठ्नु पर्छ है रुरु बिचमा कुरा काट्दै मनमायाले भनिन, मान्छेमा राजनिती कन्सेप्ट त हुनुपर्छ, आवश्यक पनि छ । तर म राजनिती देखि अलिक परै बसेर काम गर्न चाहन्छु । बरु तिमी मेयरमा उठ, ममेरो ठाउबाट हेल्प गर्छु ।तिमी स्कुल पढ्दा देखि नै राजनितिमा चासो गर्थियौ । हामी एउटै पार्टीबाट यस्तो कदम चाल्नु पर्छ, जुन राष्ट्रिय अभियानको रुपमा हुने छ । म तिम्रो बारेमा जिल्लामा पनि केही कुरा गर्छु । अन

अनि बिशेष गरि दुइटा कुरा, मान्छे मरे पछी मान, सम्मान गर्ने प्रथा हटाइनु पर्छ र देशमा पटक पटक हुने नेपाल बन्दको नाम निशाना नै बन्द गर्नु पर्छ । अब त सर्बसाधारण जनताले काम गरि खान पनि गार्हो पर्ने स्थिति आइ सक्यो । यी कुरा हरुलाइ निर्मुल पारेर जनताको जन जीवन सहज बनाउन यहाँ अब यहाँ हामी युबा पुस्ताले नया सोच, बिचार लिएर अघि बढ्नै पर्छ अनि देशको लागी केही गर्नै पर्छ । ब्यक्ति, संघ सस्थामा आवद्ध हुनै पर्छ , चाहे त्यो सामाजिक होस या राजनैतिक किन होस । सस्थागत हुनु आजको आवश्यकता पनि त हो ।तिमी, म अनि हामी छौ र त समाज निर्माण भएको छ । अनि त्यै समाजमा विभिन्न संघ, सस्थाहरु स्थापना गरेका छौ । सस्थाहरु छन र संघ संगठनहरुको उदय भएको छ । अनि संघ संगठनले नै एउटा सिङो देशको निर्माण भएको छ । हामी नेपाली नरहे कहाँ रहला नेपाल ….. ??? ?????? को हिमाली ।।रु को पहाडि अनि को मदेशी … ??? हिमालको काखमा बसेर तराइ कति मज्ज्ज्जाले हासिरहेको छ अनि हिमाल पनि त बिश्व सामु शिर ठाडो गरेर आफैमा स्वाभिमान भइरहेकै अवस्था छ । के यो स्वाभिमान हामी सम्पुर्ण नेपालीको हैन र ? के हामी पनि यसरी नै चन्द्र सुर्य अङ्कित राष्ट्रिय झन्डा मुनि रहेर, एउटै अफिसको टेबल कुर्सीमा बसेर हासी खुशी देश चलाउन सक्दैनौ ..??

यसरी कुरा गर्दै जादा त्यहा भएका सबै जनाका आँखा रसाए अनि गम्भीर भए । मनमाया जस्तो साथी र उनको परिवारबाट चम्पालाइ स्वतन्त्र उम्मेदवारमा उठाउने कुरा चल्यो र सो अनुरुप गाउँ गाउमा भोट माग्न जाने कुरा देखि लिएर हरेक ठाउँमा विभिन्न आइडिया लगाएर चम्पा र मनमायाले चुनावको तयारी गरे । गाउको मनमाया जस्तै अरु बिबेकी, असल मान्छेहरूको फोर्स र अगुवाईमा चम्पाले नगरपालिकाको मेयर पदमा सफलता पुर्बक बिजय प्राप्त गरिन ।

आज किरणले डाक्टर कोर्सको पढाइ पूरा गरि स्वदेश फर्कने दिन थियो । मनमायाले छोरालाई साथमा लिएर बस स्टेण्ड्तिर लागिन । किरण गाडीबाट झर्न बितिक्कै आफ्नो बुढालाइ छोराको तोते बोलिले बाबा भन्दै अङालो हाल्न पुग्छ । मनमाया आफ्नो बुढा र छोरा लिएर घर फर्कने क्रममा चम्पाको घरको बाटो हुँदै आइन । चम्पा घर आगनमा कुर्सीमा बसिरहेको हुन्छिन । चम्पाले परैबाट उनीहरुलाइ इशारा गर्दै बोलाउछिन ।। घर आइपुगे पछि उनिहरु बिच केही ख्याल, ठट्टाको गफ हुन्छ । कुराको अन्त्यमा, किरणले यो पनि भन्छ, मानव चोला एकै पल्ट पाइन्छ, त्यसैले समय अनुसार  बदलिएको मन  ले चितायो भने जस्तो काम पनि पुरा गर्न सकिन्छ । अब देश बनाउने जिम्मा तिमी, हाम्रो हातमा छ । यति भन्दै गर्दा, छोरो सौगातले चकचक गरेको देखेर उसको हात समाउदै अघि लगाएर चम्पासग बिदा हुदै उनीहरु आफनो घर जान्छन । (हाल कतार)
+समाप्त+

याे पनि पढ्रनुहाेस्

“बदलिएको मन” भाग -१