सामाजिक समस्या न्युनिकरण गर्न नागरिकको सुझाव

6428
views

नवदृष्टि संवादादता
पर्वत, २२, भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र मिलनचोक प्रहरी कार्यालयको सहकार्यमा आयोजित नागरीक सुनुवाई कार्यक्रममा स्थानिय स्तरमा देखिएका सामाजिक समस्याका विषयमा नागरिकहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा शान्ति सुरक्षा, सामाजिक अपराध, घरेलु हिंसा, घरेलु मदिरा उत्पादन तथा मादक पदार्थ सेवन, सडक दुर्घटना, लागु औषध दुरव्यसनीमा नेपाल प्रहरीको भुमिका, क्रियाकलाप तथा आचरण व्यवहार जस्ता विषयवस्तुमा सुधार गर्नुपर्ने नागरिकहरुले सुझाव दिएका हुन् । नागरिक सुनुवाई कार्यक्रममा जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिविकास जिसी, ९ का अध्यक्ष गौबहादुर पुन, ४ का अध्यक्ष भिष्म मल्लले स्थानीय स्तरमा भएका समस्यामा सुधार गनुृपर्ने सुझाएका थिए । जनप्रतिनीधि तथा नागरिकबाट उठेका विषयबस्तुलाइ प्रष्ट पार्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले सामाजिक विकृती विसङ्गती तथा अपराधिक गतिविधिलाई निमिट्यान्न पार्न जनताको सहयोग अपरिहार्य रहेको बताए ।
घिमिरेले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा विकृति विसंगतिको अन्त्यका लागि समाजका सचेत व्यक्तित्वहरुको सहयोग र सक्रियताले अपराधिक क्रियाक्लाप निमिट्यान्न हुने बताए । कार्यक्रममा जनप्रतिनीधि तथा नागरिकहरुबाट उठेका विषयवस्तुलाई सम्वोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक महेन्द्र रानाभाटले सवारी दुर्घटलाई न्युनिकरण गर्नको लागी सवारी चेकजाँचलाई अझ कडाईका साथ अगाडी बढाईने बताए । रानाभाटले सवारी चालक तथा स्थानियलाई सचेतनाको लागी ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमहरु बढी भन्दा बढि सञ्चालन गर्ने प्रतिवद्दता ब्यक्त गरे ।
पर्वतको जलजला गाउँपालिका–७ को मिलनचोकमा राष्ट्रको शान्ति सुरक्षा तथा सम्मुन्त विकासको लागि जनतासंग प्रत्यक्ष सरोकार राखी काधमा काध र हातमा हात राखी अगाडी बढिरहेको नेपाल प्रहरीको केन्द्रिय नीति वमोजिम जिल्ला प्रहरी कार्यालयले त्रैमासिक कार्यक्रम अन्र्तगत सो कायक्रम गरिएको थियो ।
अपराध रोकथाम र नियन्त्रण तथा सामाजिक विकृति, विसंगतीलाई न्युनिकरण गर्न राय, सुझाव, सल्लाह संकलन गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्य सेवा प्रवाहमा भए गरेका कमी कमजोरी, गुनासो, जिज्ञासाका बारेमा गरिएको उक्त कार्यक्रममा जलजला गाँपालिकाका वडा नं ७ का वडा अध्यक्ष टुंङ्गनाथ शर्माले अध्यक्षता गरेका थिए भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजिव घिमिरेले स्वागत तथा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरिक्षक गणेश बिश्वकर्माले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरू, बिभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, बुद्दीजिवि, नागरीक समाजका प्रतिनिधिहरू, त्यसैगरी स्थानिय आमासमुह तथा युवा क्लवका प्रमुख तथा प्रतिनिधीहरू, व्यापारी व्यावसायिहरु स्थानियवासीहरूको सहभागिता रहेको थियो ।