कालीगण्डकी एकेडेमीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

490
views

नवदृष्टि संवाददता
पर्वत, २२, भदौ । कालीगण्डकी एकेडेमी आवासीय माविमा यही बुधबार बृहत् जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘सङ्घीय नेपाल समृद्घिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नाराका साथ ३८ औं शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा जिल्लाका एघार निजी तथा नौं सामुदायिक गरी २० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा यही भाद्र २३ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवस मूल समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार पाँचहजार, चारहजार, तीनहजा र दुईहजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्रले सम्मान एवं पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।
प्रतियोगितामा कालीगण्डकी एकेडेमी आवासिय मावि कुश्माका मनिष शर्मा, हिमांशु सुवेदी, पुष्पा शर्मा र अञ्जली पुरीको समूहले प्रथम स्थान हासिल गरेको छ ।
आदर्श अङ्ग्रेजी आवासिय मावि कुश्माका अनिल क्षेत्री, आशिष सापकोटा, सज्जा रेग्मी र सविना पौडेलको समूह दितिय र नारायण माद्यमिक विद्यालय कुश्माका सागर शर्मा, टेकप्रसाद शर्मा, दीक्षा पौडेल र विष्णु सुवेदीको समूह तृतिय बनको छ । प्रतियोगितामा नमुना आवासिय मावि कुश्माका सागर पौडेल, निशा पौडेल, दिप्ती पौडेल र आशिष गौतमको समूह सान्त्वना भएका थिए ।कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले अबको शिक्षा किताबी ज्ञानको मात्र नभई व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यले विद्यालयमा गरिने यस्ता कार्यक्रमले निजी तथा सामुदायिक विद्यालका विद्यार्थीहरुको व्यवहारिक तथा सामान्य ज्ञानको विकास र उनीहरु बिचको आपसी सम्बन्ध, भाइचारा र बन्धुत्वलाई थप प्रगाढ बनाउने पवित्र उद्देश्यले शिक्षा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका विद्यालय निरीक्षक उद्दिमराज पौडेल, शिवालय अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति प्रेमप्रसाद सुवेदी, प्याब्सन केन्द्रीय समितिका पूर्व केन्द्रीय सदस्य केशवराज पुरी , प्याब्सन पर्वतका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, प्याव्सन प्रदेश न. ४ का सदस्य इन्द्रमान खत्री, प्याब्सन पर्वतका सचिव रामकृष्ण रेग्मी लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।